Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

इनिसा हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि, यस्तो छ पोस्टमार्टम रिपोर्ट

इनिसा हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि, यस्तो छ पोस्टमार्टम रिपोर्ट


  • 729
    Shares

    इनिसा हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि, यस्तो छ पोस्टमार्टम रिपोर्ट

    सुर्खेत । सुर्खेतकी १६ वर्षीय बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोस्टमार्टम रिर्पोट र पीडकको बयानपछि प्रहरी उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको हो ।

    गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।

    मृतकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

    थापाका अनुसार, सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    फागुन २३ गते पक्राउ परेका १६ वर्षीय युवक र इनिसा विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीको दाबी छ । २३ गते विहान शहीद पार्क घुम्न जाने पूर्व सल्लाह अनुसार उनीहरू पार्क नजिकैको जङ्गलमा गएको देखिएको प्रहरीको भनाइ छ । त्यहाँ जबरजस्ती करणीपछि मृतकको पाठेघर च्यातिएको र अत्यधिक रक्तस्रावपछि मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    कर्णाली प्रदेश अस्पताल, कालागाउँका तीन जना चिकित्सक सहित भेरी अस्पताल बाँकेका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले तयार पारेको पोस्टमार्टम रिपोर्ट बुधबार आएको छ । जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा देखिएको डा. शाक्यले जानकारी दिए ।

    ‘पोस्टमार्टम रिर्पोटमा संवेदनशील अंग च्यातिएपछि अत्याधिक रक्तस्राव भएपछि मृत्यु भएको देखिन्छ,’ उनले भने ।

    उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । राजनीतिक दल, अधिकारकर्मीदेखि कलाकारहरूले समेत चासोका साथ न्यायका लागि आवाज उठाइरहेका छन् । उक्त घटनालाई अत्यन्त दुःखद, अमानवीय र निन्दनीय भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

    यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पनि इनिसाको घरमै पुगेर परिवारसँग भेटघाट गरेका छन् । परिवारसँग भेटपछि कँडेलले घटनालाई स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताएका थिए । ‘पीडित परिवारलाई न्याय दिलाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘सरकारको तर्फबाट यस घटनाको सत्य तथ्य बाहिर ल्याउने र कानुन अनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढ्छ ।’

    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - ०६:५८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij