Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

‘छक्का पञ्जा–५’ले तीन हप्तामा २० करोड कमाएकै हो त ? के भन्छन् दीपक ?

‘छक्का पञ्जा–५’ले तीन हप्तामा २० करोड कमाएकै हो त ? के भन्छन् दीपक ?


  • 3.3K
    Shares

    ‘छक्का पञ्जा–५’ले तीन हप्तामा २० करोड कमाएकै हो त ? के भन्छन् दीपक ?
    images

    काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’ चौथो हप्तामा प्रदर्शन भइरहेको छ । सँगै रिलिज भएका अन्य चलचित्रका निर्माता, निर्देशक तथा वितरकले बक्सअफिस रिपोर्ट सार्वजनिक गरे पनि ‘छक्का पञ्जा–५’को निर्माणपक्षले भने ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको छैन । 

    बक्सअफिस रिपोर्टको आधिकारिकतामा नै प्रश्न गर्ने ठाउँ रहेकाले आफूहरूले ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक नगरेको ‘छक्का पञ्जा–५’ निर्माता तथा कलाकार दीपकराज गिरी बताउँछन् । 

    “मैले आजसम्म हाम्रो चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छैन । मेरो फेसबुक वालमा हेर्‍यो भने पनि थाहा हुन्छ, मैले यति कलेक्सन भयो भनेर लेखिएका समाचार र पोस्ट पनि सेयर गरेको छैन,” दीपक भन्छन्, “बक्सअफिस रिपोर्टको अथेन्टिसिटीमै प्रश्न गर्ने ठाउँ छ भने हामीले गर्ने दाबी मात्रै हुन्छ ।” 

    चलचित्र विकास बोर्डले दिएको तथ्यांकभन्दा ‘छक्का पञ्जा–४’को ग्रसकलेक्सन एक करोड धेरै रहेको दीपक बताउँछन् । त्यसैले आफू ‘छक्का पञ्जा–५’ले तीन हप्तामा यति कलेक्सन गर्‍यो भनेर भन्नसक्ने अवस्था नरहेको उनी बताउँछन् । 

    “तर, यति चाहिँ भन्नसक्छु छक्का पञ्जाका यसअघिका सिरिजहरूले कमाएको उच्च रेकर्डको रेञ्जमा पुगिसकेको छ,” उनले भने । ‘छक्कापञ्जा’को पहिलो सिरिजले १६ करोड, दोस्रोले १४ करोड, तेस्रोले २० करोड, चौथो भागले १९ करोड रुपैयाँ नेपाली बक्सअफिसबाट ग्रसकलेक्सन गरेको थियो । 

    ‘छक्का पञ्जा–३’ले २० करोड ग्रसकलेक्सन गरेकाले त्यसको रेञ्जमा पुगिसकेको दीपकको भनाइले ‘छक्का पञ्जा–५’ले २० करोड ग्रसकलेक्सन गरिसकेको संकेत गर्छ । 

    “अहिले ग्रसकलेक्सनको आधिकारिक रिपोर्ट सार्वजनिक गर्नेभन्दा पनि सल्लाह गरेर यति भन्दियौँ भन्नेजस्तो देखिएको छ,” दीपक भन्छन्, “हामीले याद गर्‍यौँ भने यो कुरा पुष्टि हुन्छ । बक्सअफिस रिपोर्ट सार्वजनिक गर्न थालेपछि निर्माता र वितरकहरूले बक्सअफिस रिपोर्ट भन्दै दाबी गर्न छोडेका थिए । तर बक्सअफिस रिपोर्ट सार्वजनकि हुन छोडेसँगै बक्सअफिस भन्दै दाबी गर्न थालेका छन् ।”

    नेपाली बक्सअफिसमा २०/२१ करोडभन्दा माथि ग्रसकलेक्सन भयो भन्ने कुरामा आफूलाई विश्वास नरहेको उनी बताउँछन् । त्यसैले यसलाई दाबी मात्रै भन्न सकिने उनको भनाइ छ । 

    प्रकाशित मिति :कार्तिक १७ २०८१ शनिवार - १०:५७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij