Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

प्रकाश दुतराजको 'रेशम' तीन सातामै करोड क्लबमा

प्रकाश दुतराजको 'रेशम' तीन सातामै करोड क्लबमा


  • 2.4K
    Shares

    प्रकाश दुतराजको 'रेशम' तीन सातामै करोड क्लबमा

    काठमाडौं । गायक प्रकाश दुतराजको गीत रेशम रिलिज भएको तीन सातामै करोड क्लबमा प्रवेश गरेको छ। 

    प्रकाश र मेलिना राईको स्वर रहेको गीतलाई युट्युबमा २१ दिनमै १ करोड बढी पटक हेरिएको हो।

    दसैंको अवसर पारेर सार्वजनिक गीतले सुरूका दिनदेखि टिकटक र फेसबुक रिल्समा समेत चर्चा पाएको थियो। गीतको शब्द र संगीत पनि प्रकाशकै हो। 

    भेडा गोठालाको प्रेमकथालाई चित्रण गरिएको र लेकमा छायांकन गरिएको भिडिओलाई समेत दर्शकले रूचाएका छन्। 

    भिडिओमा प्रकाश दुतराजसँगै विमला लिम्बुको अभिनय छ। निर्देशन र कोरियोग्राफी मौसम हिमालीको हो। 

    ग्रामीण परिवेशमा रहेर सिर्जनाहरू ल्याउँदै आएका प्रकाशका यसअघि ‘रिमै, चोली मैलै भो, घर कता हो बैनीको, जाम भो माइली, जुन माया’ इत्यादी गीतहरू पनि रूचाइएका छन्।

    प्रकाशित मिति :कार्तिक १२ २०८१ सोमवार - १५:२९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij