Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

विराट गोल्डकप भोलिदेखि सुरु, उद्घाटन खेलमा सिक्किम र विराटनगर भिड्ने

विराट गोल्डकप भोलिदेखि सुरु, उद्घाटन खेलमा सिक्किम र विराटनगर भिड्ने


  • 7.3K
    Shares

    विराट गोल्डकप भोलिदेखि सुरु, उद्घाटन खेलमा सिक्किम र विराटनगर भिड्ने

    विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको छैठौँ संस्करणका लागि सबै तयारी पूरा भएको छ ।

    बिहीबार (भोलि)देखि सुरु हुने प्रतियोगिताको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने छन् । प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, व्यवस्थापनलगायतका सबै तयारी सकिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

    प्रदेश राजधानी विराटनगरको सहिद रंगशालामा आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली र विदेशी गरेर १० टिमले सहभागिता जनाउने पक्का भएको आयोजक समितिका संयोजक मनोजविक्रम शाहले जानकारी दिए । जसमा नेपाली सात र विदेशी तीन  टिम छन् ।
     
    नेपालका विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)का साथै विराटनगर–११, मनाङ मस्र्याङ्दी, मछिन्द्र क्लब, गोर्खा ब्वाइज क्लब, सङ्कटा ब्वाइज स्पोर्टिङ क्लब सहभागी हुनेछन् । त्यस्तै विदेशी टिमबाट भारतको सिक्किम युनाइटेट फुटबल क्लब, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन सहभागी रहने आयोजकले जनाएको छ । 

    उद्घाटन खेलमा विराटनगर–११ र सिक्किम युनाइटेट फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । विराटनगरले घरेलु मैदानमा विदेशी टिमको सामना गर्न लागेको यो पहिलोपटक हो । 

    विराटनगरलाई आफ्नै मैदानमा विदेशी टिमलाई पराजित गरेर प्रतियोगितामा सुखत सुरुआत गर्नुपर्ने दबाब हुनेछ । सिक्किम पनि घरेलु टिमलाई पराजित गरेर प्रतियोगिताको आगामी यात्रा तय गर्दै उच्च मनोबल बनाउन चाहनेछ ।

    विराट गोल्डकप ट्रष्टको आयोजना र अखिल नेपाल फुटबल संघ ९एन्फा०को सहयोगमा रात्रिकालिन खेल हुन लागेको हो। 

    ट्रष्टका अध्यक्ष सन्तोष बानियाका अनुसार यस वर्ष पुरस्कार राशि बढाएर १५ लाख १५ हजार रुपैयाँ पुर्‍याइएको छ । उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । यसअघिको संस्करणमा विजेताले १२ लाख प्राप्त गरेको थियो। यस वर्ष पुरस्कार राशिमा ३ लाख वृद्धि गरिएको हो ।

    प्रतियोगितामा विभिन्न सातवटा विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी बानियाले दिए । त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - ११:४४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij