Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

सुडानमा दुई विद्रोही समुहबीच भिडन्त हुँदा ४० को मृत्यु

सुडानमा दुई विद्रोही समुहबीच भिडन्त हुँदा ४० को मृत्यु


  • 7.0K
    Shares

    सुडानमा दुई विद्रोही समुहबीच भिडन्त हुँदा ४० को मृत्यु
    images

    दक्षिणी सुडान राज्यको राजधानी डारफर नजिकै रहेको एल जेनेइनामा दुई विद्रोहि समुहबीच भिडन्त हुँदा ४० जनाको ज्यान गएको छ ।

    संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयका अनुसार सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि भिडन्त भएको थियो । त्यहाँका स्थानीय विद्रोही समूहहरु अल मासालित र अरब ट्राइबका बीचमा सो भिडन्त भएको थियो ।

    भिडन्तमा परि ४० जनाको मृत्यु भएको छ भने कम्तीमा पनि ५८ जना घाइते भएका पनि बताइएको छ । संयुक्त राष्ट्रसंघीय मानवीयता सहायतासम्बन्धी समन्वय कार्यालय ओचाले त्यस क्षेत्रमा सोमबार पनि गोली हानाहान भएको जनाएको छ ।

    संयुक्त राष्ट्रसंघको सो कार्यालयले दक्षिणी सुडानको एल जेनियामा रहेको मानवीय सहायता वितरणको काम रोकेको छ । सुरक्षाको अवस्था गम्भीर रहेकोले अहिलेका लागि सो क्षेत्रमा सहायता वितरणको काम रोकिएको बताईएको छ ।

    सो क्षेत्रमा विगतका केही महिना यतादेखि हिंसा मच्चिएको छ । विशेषगरी यी दुई जातीय समूहले आफ्ना मागको सम्बोधन हुनुपर्ने भनेर आपसमा एक अर्कामाथि हमला गर्दै आएका छन् । एजेन्सी

    प्रकाशित मिति :चैत्र २५ २०७७ बुधवार - १०:५२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij