Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

तिहार गीत ‘रमाइलो तिहार’ सार्वजनिक

तिहार गीत ‘रमाइलो तिहार’ सार्वजनिक


  • 2.7K
    Shares

    तिहार गीत ‘रमाइलो तिहार’ सार्वजनिक
    images

    काठमाडौं । तिहार नजिकिँदै गर्दा तिहारका विषयमा निर्माण भएका गीत धमाधम सार्वजनिक हुन थालेका छन् । यस्तैमा प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत रहेको गीत ‘रमाइलो तिहार’ सार्वजनिक भएको छ । 

    परदेशमा रहेका दाजु–भाइ र दिदी–बहिनी तिहारमा भेट नहुँदाको भावनात्मक कथा गीतमा समेटिएको छ ।

    लामो समयदेखि विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टिका र मखमली माला लगाइ दीर्घायुको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयता गीतको भिडियोमा देखाउन खोजिएको छ । 

    भिडियोमा पूजा चन्द, राज वल्लभ कोइराला, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, आकाश खतिवडा, दिलीप श्रेष्ठ, अपार श्रेष्ठलगायतको अभिनय छ ।  भिडियो जोयस पाण्डे निर्देशन गरेका हुन् । 

    भिडियोको सबै छायांकन अमेरिकामै भएको हो । ताइवानका चिनइन गावाको छायांकन रहेको भिडियो निशान घिमिरेले सम्पादन गरेका हुन् । 

    प्रकाशित मिति :कार्तिक ९ २०८१ शुक्रवार - १४:३०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij