Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

दीपकलाई सन्तोष सेनको प्रश्न– २० करोड कमाउँदा सिनेमा उद्योगलाई के गर्नुभयो ?

दीपकलाई सन्तोष सेनको प्रश्न– २० करोड कमाउँदा सिनेमा उद्योगलाई के गर्नुभयो ?


  • 2.6K
    Shares

    दीपकलाई सन्तोष सेनको प्रश्न– २० करोड कमाउँदा सिनेमा उद्योगलाई के गर्नुभयो ?
    images

    काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले आफूलाई ‘साइबर सेना’को कमान्डर प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् ।

    उनले निर्माता तथा कलाकार दीपकराज गिरी र पत्रकार प्रकाश सुवेदीलाई आफूलाई ‘साइबर सेना’ अथवा ‘साइबर स्याल’ प्रमाणित गरेर देखाउन चुनौती दिएका हुन् । 

    उनीमाथि ‘१२ गाउँ’को पक्षमा लागेर ‘छक्का पञ्जा–५’विरुद्ध ुसाइबर सेना प्रयोग गरेको आरोप लागेपछि आज सामाजिक सञ्जालमा एक भिडियोमार्फत सन्तोषले प्रमाण पुर्‍याएर मात्रै बोल्न आग्रह गरेका हुन् ।

    “मैले कसरी साइबर सेना वा साइबर स्याल प्रयोग गरेँ ? फोन, म्यासेज वा अरू कुनै तरिकाबाट ?,” उनले प्रश्न गरेका छन्, “सम्बन्धित ठाउँमा जाऊँ, अहिलेको डिजिटल युगमा सबै थाहा भइहाल्छ ।” 

    “प्रकाश दाइले सुनेको र दीपक दाइले देखेको साइबर सेना को हो रु त्यसको जरासम्म पुगेर पत्ता लगाऔँ, यसरी दर्शकलाई बारम्बार गाली नगरौँ,” उनले भनेका छन्, “यो दर्शकको अपमान हो, सिनेमा उद्योगका लागि घाटा हो । दर्शक हाम्रो देउता हो, उसलाई साइबर स्याल र साइबर सेना भन्न मिल्दैन ।” 

    रिलिज अगाडिदेखि नै सामाजिक सञ्जालमा ‘छक्का पञ्जा–५’लाई बहिष्कार गरौँ, यो पटक ‘१२ गाउँ’ हेरौँ भन्ने पोस्ट र कमेन्टहरू आइरहेका थिए । यसलाई ‘छक्का पञ्जा–५’को टिमले साइबर सेनाको आक्रमण भनेको थियो । 

    “एकजना मान्छेले एउटा सिनेमा बनाएर २० करोड बनाउँदैमा सिनेमा इन्डस्ट्री धानिँदैन,” उनले भनेका छन्, “घाटामा जाने सिनेमाको पनि यो चलचित्र उद्योगलाई अगाडि बढाउन उत्तिकै हात छ ।” 

    प्रकाशित मिति :कार्तिक ७ २०८१ बुधवार - १५:२९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij