२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । गत फुलपाति २४ असोजमा रिलिज भएको चलचित्र ज्वाईं साबले आईतबार प्रेस विज्ञप्ती जारी गर्दै यो चलचित्रको १० दिनको व्यापार सार्वजनिक गरेको छ । यो चलचित्रका वितरक र निर्माताले विज्ञप्तिमार्फत चलचित्रको व्यापार सार्वजनिक गरेका हुन् ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ ।
वितरक पक्षले अनुसार यो चलचित्रले शनिबारसम्म १० दिनमा नेपालका चलचित्र घरमा कुल ३ करोड २५ लाख रुपैयाँको ग्रस ब्यापार गरेको छ, ‘हिजो शनिबारसम्म १० दिनमा चलचित्र ज्वाईं साबले काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी संयुक्त रुपमा ३ करोड २५ लाख रुपैयाँको व्यापार गरेको छ ।’
यो चलचित्रका निर्देशक बसन्त निरौलाले चलचित्रको व्यापार भने,‘चलचित्र ज्वाईं साब अहिले दोश्रो सातामा प्रदर्शन भईरहेको छ र अहिले पनि उत्साहजनक रुपमा दर्शकको उपस्थिति हलमा छ । यो चलचित्र हेर्नु भएका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिनु भएको छ ।’
यो चलचित्रका प्रस्तुतकर्ता राजकुमार पण्डितले पनि लगानीको हिसाबले आफुहरु फाईदामा रहेको बताएका छन् । दशैंमा तीन वटा चलचित्र प्रदर्शन हुँदा पनि दर्शकहरुले आफुहरुलाई त्यत्तिकै मायाँ गरेको पण्डितले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij