२०८२ भाद्र २३ गते सोमवार
टर्कीमा अधिकारीहरूले सोमवार १० जना पूर्व सैन्य अधिकृतहरूलाई पक्राउ गरेको छ । जलसेनाका १०० जना सेवानिवृत्त वरिष्ठ अधिकारीहरूको एक समूहले एक बयान जारी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
सरकारले रिटायर्ड सेना अधिकृतहरूको बयानले इतिहासको सैन्य कूको स्मरण गराएको बताएको छ ।
सरकारी समाचार संस्था आन्दालोउले खुलापत्र लेख्ने एड्मिरलहरूको अनुसन्धानका लागि पक्राउ गरिएको खबर दिएको छ ।
अभियोजनकर्ताहरूले चार अन्य आरोपितलाई अंकारा प्रहरीसमक्ष तीन दिनभित्र रिपोर्ट गर्न भनेको छ । उनीहरूको उमेरका कारण हिरासतमा नलिइएको बताइएको छ ।
पूर्व सैन्य प्रमुखहरूले संवैधानिक व्यवस्थाको उल्लंघन गर्न बल तथा हिंसा प्रयोग गरेको आरोप लगाइएको थियो ।
टर्की सरकारले इस्तानबुलमा एक शिपिङ नहर बनाउने योजना सार्वजनिक गरेपछि सेवानिवृत्त सैन्य अधिकृतहरूले विरोधमा पत्र लेखेका हुन् । सरकारले पनामा र स्वेज नहरसँग तुलना गर्न मिल्ने गरी इस्तानबुलमा नहर बनाउन खोजेको छ ।
कनाल इस्तानबुल राष्ट्रपति रेचेप तैयिप एर्दोआनको महत्त्वाकांक्षी परियोजना हो । लगभग १८ वर्षदेखि सत्तामा रहेका एर्दोआनले नयाँ विमानस्थल, पुल, सडक र सुरुङहरू बनाएका छन् । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij