Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई सुुपरहिटको मान्यता

‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई सुुपरहिटको मान्यता


  • 4.7K
    Shares

    ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई सुुपरहिटको मान्यता
    images

    काठमाडौं । मुलुकको सबैभन्दा ठूलो सिनेमा मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनरत दशैंका फिल्म ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’लाई ‘सुुपरहिट’ घोषणा गरेको छ ।

    चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यी दुई फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टकी जनरल म्यानेजर तृप्ती गिरीले जनाइन् ।

    उनका अनुसार क्यूएफएक्सका हलमा कुनै फिल्मले पहिलो सप्ताहन्त (विकेन्ड)मा १  करोड ५ लाख रुपैयाँ ग्रस कमाए त्यसलाई ‘ब्लकबस्टर’ र कुनै फिल्मले पहिलो साता सोही बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गरिन्छ ।

    जसअनुसार, दशैंको फूलपातिमा रिलिज भएको ‘छक्कापञ्जा ५’ले गत सोमबार क्यूएफएक्सको देशभरका हलमा उक्त थ्रेसहोल्ड पार गरेको थियो । उक्त मापदण्ड पुरा गर्न ‘१२ गाउँ’लाई बुधबारसम्म समय लाग्यो ।

    ‘तर, कुनै पनि फिल्मले अहिलेसम्म हाम्रो ब्लकबस्टरको मापदण्ड हासिल गर्न सकेका छैनन्’ गिरीले भनिन् । क्यूएफएक्सले ‘महाजात्रा’बाट सुपरहिटको ट्याग दिन थालेको हो । त्यसयता महाजात्रा, बोक्सीको घर, स्त्री २, कल्कीले मात्र सुपरहिटको ट्याग पाएका छन् ।

    हलमा तोकिएको कमाइ पुरा गरेमा अटोमेटिकरुपमा वेबसाइटमा ट्याग देखापर्ने गिरीको भनाई छ । अहिले देशभर क्यूएफएक्सका १७ हल र ४० पर्दा छन् । विहिबारदेखि क्यूएफक्सका हलमा छक्कापञ्जा ५ र १२ गाउँले आक्रामक कमाइ गरिरहेका छन् । शो संख्या र अकुपेन्सी पनि लगभग समान रहेको जनरल म्यानेजर गिरीको भनाई छ ।

    प्रकाशित मिति :कार्तिक २ २०८१ शुक्रवार - ११:४९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij