Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

चलचित्र ‘१२ गाउँ’ले एक सातामा कति कमायो ?

चलचित्र ‘१२ गाउँ’ले एक सातामा कति कमायो ?


  • 5.6K
    Shares

    चलचित्र  ‘१२ गाउँ’ले एक सातामा कति कमायो ?
    images

    काठमाडौं । चलचित्र ‘१२ गाउँ’को एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । फिल्मले पहिलो सातामा १० करोड ५ लाख कमाइ गरेको वितरक गोविन्द शाहीले जानकारी दिए ।

    त्यसपछिको कलेक्सन भने केही दिन पछि सार्वजनिक हुनेछ । फिल्मले देशभर राम्रो शो पाइरहेको छ ।

    छक्कापञ्जा ५ भन्दा धेरै शो पाइरहेको ‘१२ गाउँ’ कमाइमा पनि अगाडि रहेको छ । फूलपातीका दिन नै रिलिज भएको अर्को चलचित्र ‘छक्का पञ्जा–५’ले एक हप्तामा १० करोड रुपैयाँ ग्रसकलेक्सन भएको बताएको थियो ।

    ‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले यो चलचित्रबाट डेब्यू गरेका छन् ।

    विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाले चलचित्रमा अभिनय गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक २ २०८१ शुक्रवार - १०:५६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij