२०८२ भाद्र १८ गते बुधवार
कात्तिक १५ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'पूर्ण बहादुरको सारंगी' को ट्रेलर सार्वजनिक गरिएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ३ मिनेट २६ सेकेण्डको ट्रेलर मर्मस्पर्शी लाग्छ। ट्रेलरले फिल्मको कथासारबारे जानकारी दिन्छ।
सदियौंदेखि सारंगी बजाएर जीविकोपार्जन गर्ने समुदायको संघर्ष र त्यो समुदायले भोगेको विभेदको कथामा फिल्म निर्माण भएको हो।
फिल्मले आफ्नो गाउँमा सारंगी बजाएर जीविकोपार्जन गर्ने संघर्षरत पिता पूर्णबहादुरको कथालाई पछ्याउँछ। यो फिल्म बाबु र छोराबीचको सुमधुर सम्बन्धको कथा पनि हो।
कठिनाइहरूको बावजुद बाबुले आफ्नो छोरालाई शिक्षाको माध्यमबाट राम्रो भविष्य प्रदान गर्न देखेको सपनाको कथा फिल्ममा देखाइएको छ।
फिल्ममा विजय बराल, प्रकाश सपुत, अञ्जना बराईली, अलिसा बास्तोला, मुकुन भुषाल, बुद्दि तामाङ लगायत कलाकारहरूको अभिनय छ।
सरोज पौडेलले फिल्मलाई लेखन तथा निर्देशन गरेका हुन्। निर्मातामा विनोद पौडेल र प्याट्रिक सुवेदी छन्।
फिल्मलाई लक्ष्मीपूजाको अवसर पारेर प्रदर्शनमा ल्याउन लागिएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij