Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

१२ गाउँले अहिलेसम्म कति कमायो ?

१२ गाउँले अहिलेसम्म कति कमायो ?


  • 6.0K
    Shares

    १२ गाउँले अहिलेसम्म कति  कमायो ?
    images

    काठमाडौँ । एक्सन स्टार बिराज भट्टको निर्देशन तथा अभिनय रहेको फिल्म ‘१२ गाउँ’ले राम्रो व्यवसाय गर्न सफल भएको छ । दसैँको अवसर पारेर फूलपातीदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्मको अहिलेसम्मको व्यावसायिक हिसाब एकमुष्ट प्राप्त हुन बाँकी रहेकोले आम्दानी यति भनेर भन्न सकिने अवस्था नरहेको कलाकार तथा निर्माता निर्देशक बिराज भट्टले बताए ।

    ‘सुरुको दिन देखिनै फिल्ममा दर्शक राम्रो देखिएका थिए’, भट्टले भने ‘फिल्मको क्रेज देख्दा म आफै छक्क परेको छु ।’ फिल्मको साप्ताहिक व्यवसाय आज साँझ वा भोलि बिहान सार्वजनिक हुने उनले जानकारी दिए ।

    बिराजको अलावा उनका छोरा समीरको समेत मुख्य भूमिका रहेको फिल्ममा सोनु चन्द्रपाल, दिया मास्के, मुरलिधर, सनिसा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला लगायतकाको अभिनय छ ।

    फिल्मको निर्माण पनि बिराज आफैले गरेका हुन् ।  फिल्ममा अर्जुन पोखरेल र नीरज सिंहको सङ्गीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी, महेश पौडेल र राजु लामाको डीओपी, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन छ । 

    प्रकाशित मिति :आश्विन ३० २०८१ बुधवार - ०९:०७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij