Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो मा टक्कर, क्यूएफएक्समा बराबरी शो 

‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो मा टक्कर, क्यूएफएक्समा बराबरी शो 


  • 7.2K
    Shares

    ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो मा टक्कर, क्यूएफएक्समा बराबरी शो 
    images

    काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो मा टक्कर देखिएको छ । सुरुमा ‘१२ गाउँ’को भन्दा धेरै शो ‘छक्का पञ्जा’ले पाएको छ ।

    देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा छैटौँ दिनमा आइपुग्दा ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को शो बराबरी छ । सुरुमा शो बाँडफाँट गर्दा क्यूएफएक्सले काठमाडौंका आफ्ना आउटलेटमा ‘छक्का पञ्जा–५’लाई ३८ शो दिएको थियो । ‘१२ गाउँ’ले २२ शो पाएको थियो ।

    त्यसयता विस्तारै ‘१२ गाउँ’ले शो बढाउँदै गएर छैटौँ दिनमा आइपुग्दा काठमाडौं उपत्यकाको क्यूएफएक्स चेनमा ‘छक्का पञ्जा–५’ जति नै पुर्याएको हो ।

    आज काठमाडौं उपत्यकामा क्यूएफएक्सले यी दुवै चलचित्रलाई बिहान साढे ८ बजेपछि समान २५र२५ शो दिएको छ । सिंगल थिएटरमा भने सुरुदेखि नै ‘१२ गाउँ’मा बढी क्रेज रहेको वितरक गोविन्द शाहीले बताएका छन् ।

    अन्य मल्टिप्लेक्समा केहीमा ‘छक्का पञ्जा–५’को शो धेरै छ भने केहीमा ‘१२ गाउँ’को शो बढी छ ।

    ‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । यसमा बिराज र समीर भट्ट मुख्य भूमिकामा छन् ।

    ‘छक्का पञ्जा–५’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो । जसमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।

    यी दुईवटै चलचित्र अधिकांश शो हाउसफुल अकुपेन्सीमा चलिरहेका छन् । 

    प्रकाशित मिति :आश्विन २९ २०८१ मंगलवार - १२:१३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij