Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

जितु-नीतिको फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक, फूलपातीमा रिलिज हुने

जितु-नीतिको फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक, फूलपातीमा रिलिज हुने


  • 2.1K
    Shares

    जितु-नीतिको फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक, फूलपातीमा रिलिज हुने
    images

    काठमाडौँ । यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक दुई मिनेट ५६ सेकेण्डको ट्रेलरमा कमेडीसँगै पीडा पनि देखाइएको छ ।

    ट्रेलर फिल्मका प्रमुख पात्र जितु नेपाल वरपर घुमेको छ । आफ्नो विवाह नगरिदिएर बुवाले आफैं बिहे गरेपछि रिसाएका जितुको विवाह गर्ने यात्रालाई ट्रेलरमा स्थान दिइएको छ ।

    ट्रेलरमा फिल्मकी नायिका निती शाहसँग विवाह गर्न तयार युवाले विभिन्न प्रतिस्पर्धा गरेको देखाइएको छ । जसमा भारी बोक्ने, चिया पकाउने, लुगा धुनेलगायतका प्रतियोगिता समेटिएका छन् । ट्रेलरमा फिल्मका कलाकारहरु जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरेलगायतका कलाकारलाई स्थान दिइएको छ ।

    राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।


    रेड आइ फिल्मस्को व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । 

    प्रकाशित मिति :आश्विन १८ २०८१ शुक्रवार - ०७:१३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij