Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

अभिनेता गोविन्दालाई कोरोना संक्रमण

अभिनेता गोविन्दालाई कोरोना संक्रमण


  • 12.4K
    Shares

    अभिनेता गोविन्दालाई कोरोना संक्रमण
    images

    भारतीय कलाकार गोविन्दालाई कोरोना सङ्क्रमण भएको छ । कलकत्ता गएका बेला त्यहिँ नै संक्रमण भएको हुनसक्ने उनकी श्रीमती सुनिताले बताइन् ।

    गोविन्दाको स्वास्थ्यस्थितिबारे जानकारी दिँदै सुनिता भन्छिन्, ‘उहाँलाई रुघाखोकीको लक्षण देखिएको थियो । सुधार नआएपछि हामीले कोरोना परीक्षण गराउने विचार गर्‍यौँ । उहाँलाई स्वादमा समस्या थिएन भने गन्धसमेत महशुस गरिरहनुभएको थियो । ज्वरो आएको थिएन । खानासमेत राम्रोसँग खाइरहनुभएको थियो । अहिले भने उहाँको शरीर दुख्न थालेको छ र दुखाइ बिस्तारै बढ्दै गएको छ।’

    उनी भन्छिन्, ‘शायद ! कलकत्तामा मलाई सङ्क्रमण भएको हुनसक्छ । गोविन्दा र म एक च्यानलको शोका लागि कलकत्ता पुगेका थियौँ । हामीसँग तस्बिर लिनका लागि ठूलो भिड जम्मा भएको थियो । मानिसहरूले भौतिक दूरी  कायम गरेका थिएनन् । मुम्बईमा आइपुग्दा मलाइ केही लक्षण देखिन थाल्यो । परीक्षण गराउँदा पोजेटिभ देखियो । मेरो अवस्था अहिले ठिक छ । तर गोविन्दा भने सङ्क्रमित नै छन् ।’

    ५७ वर्षीय गोविन्दाले भारतीय सञ्चार माध्यमसँग  कुराकानी गर्दै भने, ‘मैले परीक्षण गराएको थिएँ र सावधानीसमेत अपनाइरहेको थिएँ । सामान्य लक्षण देखिएको थियो । परीक्षण गराउँदा सङ्क्रमण भएको रहेछ । घरका सम्पूर्ण सदस्यको परीक्षण गरिएको थियो । मबाहेक कसैलाई पनि संक्रमण देखिएन । सुनितालाई देखिएपनि उनी अहिले स्वस्थ छिन् । डाक्टरको सुझावअनुसार म अहिले क्वारेन्टिनमा छु । साथै सबैले सावधानी अपनाउँदै सुरक्षित रहनुहोला भन्ने आग्रह गर्दछु ।‘ एजेन्सी 

     

    प्रकाशित मिति :चैत्र २३ २०७७ सोमवार - १४:५०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij