२०८२ भाद्र २३ गते सोमवार
बंगलादेशको राजधानी ढाकाको सित्लाख्सया नदीमा डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
आईतबार ढाकाबाट २० किलोमिटर दुरीमा रहेको नारायणगंज जिल्लाबाट मुंसीगंजतर्फ गईरहेको डुंगा दुर्घटना भएको हो । ५० जना यात्रु सवार डुंगा मालवाहक जहाजसँग ठोकिँदा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजीकार्य जारी रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
सरकारले कोरोना भाईरसको संक्रमण बढेको भन्दै सोमबार देखि १ हप्ता लामो देशव्यापी बन्दको घोषणा गरेपछि उक्त डुंगा आफ्नो गृहनगर जाने मानिसहरुले भरिएको थियो । बंगलादेशमा हरेक वर्ष डंगा दुघर्टनामा परी सयौं मानिसहरुको मृत्यु हुने गर्दछ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij