Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

रस्ना र अर्जुनले ल्याए 'छाता ओढाइदेउन'(भिडियो)

रस्ना र अर्जुनले ल्याए 'छाता ओढाइदेउन'(भिडियो)


  • 2.4K
    Shares

    रस्ना र अर्जुनले ल्याए 'छाता ओढाइदेउन'(भिडियो)
    images

    काठमाडौं । गायिका रस्ना पौडेल र गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल गायनमा रहेको  'छाता ओढाइदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    डान्सिङ शैलीको यस गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै रहेको छ। म्युजिक भिडियोमा रमेश उप्रेती र रस्ना पौडेल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

    श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।  मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो।

    भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो।  भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

    प्रकाशित मिति :आश्विन ७ २०८१ सोमवार - १०:३१:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij