Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

चीनबाट प्राप्त कोभिडविरुद्धको खोप चैत २५ देखि लगाइने

चीनबाट प्राप्त कोभिडविरुद्धको खोप चैत २५ देखि लगाइने


  • 8.9K
    Shares

    चीनबाट प्राप्त कोभिडविरुद्धको खोप चैत २५ देखि लगाइने
    images

    काठमाडौं । सरकारले चीनबाट प्राप्त कोभिडविरुद्धको खोप भेरोसेल २५ चैत (बुधबार) देखि लगाउने तयारी गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारदेखि खोप काठमाडौं उपत्यकाका अस्पतालबाट लगाउन सुरु गरिने बताए ।

    उनका अनुसार काठमाडौं उपत्यकामा २० वटा खोप केन्द्रबाट खोप लगाइनेछ। खोपको प्राथमिकतामा  व्यापारी, विद्यार्थी तथा अन्य कामको सिलसिलामा चीन भ्रमणको तयारीमा रहेका र यसअघि पहिलो चरणको प्राथमिकतामा परेका तर  खोप नलगाएकाहरूलाई यो खोप लगाइने बताएको छ ।

    चीनले अनुदानस्वरूप दिएको उक्त खोपको म्याद दुई वर्षको छ। चीनले दिएको यो ८ लाख डोज खोप टेकुस्थित कोल्डरुममा ठाउँ नपुगेपछि एयरपोर्ट भन्सारमा बनाइएको अर्को कोल्डरुममा भण्डारण गरिएको छ । 

    कोभिसिल्ड एक भाइलमा १० डोज खोप हुने भए पनि  चिनियाँ खोप भने एक भाइलमा एक डोज मात्रै रहँदा भण्डारका लागि ठाउँ धेरै आवश्यकता पर्ने भएकाले टेकुको भण्डार कक्षमा ठाउँ नपुगेको बताइन्छ।

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १६:२३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij