२०८२ भाद्र २६ गते बिहिवार
टोकियो (जापान) । जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेर समूहका जनसंख्या १५ हजारभन्दा बढी रहेको पाइएको छ, जसमा १० प्रतिशत महिला रहेको सरकारी तथ्यांकले देखाएको छ । सेप्टेम्बर १ सम्ममा जापानमा १५ हजार १ सय ५८ जना महिला र ११ हजार १ सय ६१ जना पुरुष छन् ।
आइतवार सार्वजनिक भएको सरकारी तथ्यांकअनुसार ६५ वर्षभन्दा माथिका मानिसको संख्या ३ करोड ५० हजार पुगेको छ, जुन जापानको २९.३ प्रतिशत हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले एक लाखभन्दा भएका २०० देश र क्षत्रको सूचीमा जापानलाई र्शीष स्थानमा राखेको जनाएको छ ।
अमेरिकास्थित जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार सन् १९०८ को मे २३ मा जन्मिएका जापानी नागरिक टोमीको इटुका अहिले विश्वकै सबैभन्दा वृद्ध जीवित व्यक्ति हुन् । यसअघि यो कीर्तिकान मारिया ब्रान्यास मोरेराको नाममा थियो । त्यसयता उत्त कीर्तिमान इटुकाको नाममा छ ।
इटुका पच्क्षिमी जापानको हेगो प्रान्तको आसियास्थित एक नर्सिङ होममा बस्छिन् । उनी प्रायः नर्सिङ होमका कर्मचारीलाई ‘धन्यवाद’ भन्रे गर्छिन् । मेरो लामो जीवनक रहस्य के हमे भन्रेबारे मलाई केही थाहा छैन,‘ जापानमका ११० वर्षीय वृद्घ कियोताका मिजुनोले स्थानीय सञ्चारमाध्यमलाई भनेकी छिन् ।
मध्य जापानको शिजुओका प्राप्तको इवाटामा परिवारसहित बस्ने मिजुनो हरेक बिहान ६ः३० बजे उठ्छिन् । र, दिनको तीन तीन पटक खाना खान्छिन् । सुमो रेस्लिङलगायत लाइभ खेल सुन्रु उनको सौख रहेको मन्त्रालयले जनाएको छ ।
जापानले बढ्रढो वृद्घ जनसंख्या संकटको सामना गरिएको छ, किनकी यसले चिकित्सा र सामाजिक सुरक्षा दात्वि लागत बढाउँछ ।
सुरकारी तथ्यांक अनुसार देशको कुल जनसंख्या १२ करोड ४० लाख छ । यो अघिल्लो वर्षको तुलनामा ५ लाख १५ हजारले कम हो । यो तथ्यांकले त्यहाँको घट्दो जनसंख्या रहेको पुष्टि गर्छ ।
देशको जनुसंख्याको घट्दो दर र बुढयौलीलाई कम गर्ने प्रयास गरेको छ । सरकारले बुढयौलीलाई कम गर्न सेवानिवृत्त उमेर बढाउा लागेको छ । त्यहाँको सरकारले आर्थिक वर्ष २०२५ देखि सबै रोजगारमा सेवानिवृत्त उमेर बढाउर ६५ वर्ष पु¥याउने नियम बनाएको छ । एजेन्सीको सहयोगमा
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij