Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

भारतमा माओवादी र सुरक्षाकर्मीमाथि आक्रमण, २२ सुरक्षाकर्मीको मृत्यु

भारतमा माओवादी र सुरक्षाकर्मीमाथि आक्रमण, २२ सुरक्षाकर्मीको मृत्यु


  • 6.3K
    Shares

    भारतमा माओवादी र सुरक्षाकर्मीमाथि आक्रमण, २२ सुरक्षाकर्मीको मृत्यु
    images

    काठमाडौं । भारतमा माओवादी विद्रोहीको आक्रमणमा परी मृत्यु हुने सुरक्षाकर्मीको संख्या २२ पुगेको छ । शनिबार छत्तिसगढको विजापुरको जंगलमा माओवादी विद्रोहीले सुरक्षाकर्मीको गस्ती टोलीमाथि आक्रमण गरेका थिए ।

    विद्रोहीविरुद्धको कारवाहीमा खटेका छत्तिसगढका डीजी अशोक जुनेजाले बीबीसीसँग २२ सुरक्षाकर्मीको शव भेटिएको बताएका हुन् ।

    उनले भनेका छन्,‘घटनास्थलमा पुगेको प्रहरीको टोलीले आज २० सुरक्षाकर्मीको शव बरामद गरेका छन् । यस्तै मोओवादीले आफ्ना घाइते साथीहरुलाई तीन वटा ट्याक्टरमा लगेको खबर पनि प्राप्त भएको छ ।’

    शनिबारको आक्रमणलाई पछिल्ला वर्षहरुकै खतरनाक आक्रमण भनिएको छ। यो घटनासँगै भारतका गृहमन्त्री अमित शाहले दुःख व्यक्त गर्दै आफ्ना महान शहिदहरुको बलिदानलाई देशले कहिल्यै नबिर्सिने बताएका छन्।

    उनले मृत सुरक्षाकर्मीको परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै देशले आशान्ति र हिंसा मच्चाउने विद्रोहीसँग लडेर शान्ति स्थापना गर्ने उनको भनाइ छ ।

    amit.jpg

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - १४:१२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij