Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

ट्रम्प र ह्यारिसबीच आज हुँदै छ राष्ट्रपतीय बहस

ट्रम्प र ह्यारिसबीच आज हुँदै छ राष्ट्रपतीय बहस


  • 1.6K
    Shares

    ट्रम्प र ह्यारिसबीच आज हुँदै छ राष्ट्रपतीय बहस
    images

    काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका उम्मेदवारद्वय कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच बहस हुँदै छ।

    यो बहस एबीसी न्युजले आयोजना गरेको हो। दुवै उम्मेदवारलाई कर कटौती र विदेश नीतिका विषयमा प्रश्न सोधिने विश्वास गरिएको बीबीसीले जनाएको छ। 

    ट्रम्पका सल्लाहकारहरूले उनले नीतिहरूबारे विशेष तयारी गरेको बताएका छन्। ट्रम्पले यसअघि नै ६ पटक राष्ट्रपतिको बहसमा भाग लिइसकेका छन् भने कमला ह्यारिसको यो पहिलो बहस हो ।

    राष्ट्रपति जो बाइडेनले  राष्ट्रपति चुनावको दौडबाट ढिला पछि हटेको कारण ह्यारिसले विश्व(स्तरीय प्रदर्शनका लागि तयारी गर्न पर्याप्त समय पाइनन्। तर पनि उनले दर्शकको मन जित्न ह्यारिसले विशेष तयारी गरेको उनका सल्लाहकारले बताएका छन्। 

    कमलाले हालैको सीएनएन अन्तर्वार्तामा खासै प्रभाव पार्न नसक्दा उनको टोली अलिकति आत्तिएको छ। अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ।

    प्रकाशित मिति :भाद्र २५ २०८१ मंगलवार - १२:२१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij