Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु

जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु


  • 3.0K
    Shares

    जेल तोडेर भाग्ने क्रममा १२९ जनाको मृत्यु
    images

    डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोको सबैभन्दा ठूलो जेलमा साताव्यापी रूपमा चलेको जेल तोड्ने प्रयासका क्रममा कम्तीमा १२९  जनाको मृत्यु भएको आन्तरिक मन्त्रीले बताएका छन् ।

    यस घटनामा मृत्यु भएका मध्य २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको बताउँदै मन्त्री ज्याक्वेमेन शाबानीले एक भिडियो सन्देश मार्फत घटनाको जनाकारी गराएका हुन् । उनका अनुसार राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् ।

    यस घटनामा धेरै मानिसहरूलाई कुल्चिएको तथा भिडभाडमा प्रभावित भएको र धेरै महिलाहरू बलात्कृत भएको  मन्त्रालयले जनाएको छ ।

    प्रत्यक्षदर्शीहरूले सोमबार जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपूर्ण अवस्था सिर्जना भएको बताएका छन् । एक  इलेक्ट्रिशियन दड्डी सोसोले घटना पछि सुरक्षा बलका गाडीले शव लिएर गएको देखेको बताएका छन् । 

    सरकारका प्रवक्ता प्याट्रिक मुयायाले राष्ट्रिय टेलिभिजनलाई हाल स्थिति नियन्त्रणमा रहेको बताएका छन् छ भने अधिकारीहरूले कति कैदीहरू भागे वा भाग्ने प्रयास गरे भन्ने बारे केही उल्लेख गरेका छैनन् ।  

    प्रकाशित मिति :भाद्र १८ २०८१ मंगलवार - १५:३५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij