Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

रुसमा २२ जना सवार पर्यटक हेलिकप्टर दुर्घटना : १७ जनाको शव फेला

रुसमा २२ जना सवार पर्यटक हेलिकप्टर दुर्घटना : १७ जनाको शव फेला


  • 2.3K
    Shares

    रुसमा २२ जना सवार पर्यटक हेलिकप्टर दुर्घटना : १७ जनाको शव फेला
    images

    मस्को । रसियामा शनिबार बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । यो हेलिकप्टरमा २२ जना सवार थिए । हालसम्म १७ जनाको शव निकालिएको बीबीसी समाचारमा उल्लेख छ ।

    रुसको सुदूर पूर्वी क्षेत्रमा बेपत्ता भएको हेलिकप्टरको भग्नावशेष फेला परेको छ । हेलिकप्टरमा सवार अधिकांश पर्यटक थिए ।

    शनिबार कामचटका क्षेत्रमा रहेको भाचकाजेट्स ज्वालामुखी नजिकैको बेसबाट उडेको विमान बेपत्ता भएको थियो । आइतबार अधिकारीहरूले १७ शव फेला परेको पुष्टि गरेका समाचार बीबीसीमा छ।

    यो क्षेत्र पर्यटकका लागि सक्रिय ज्वालामुखी को लागि प्रसिद्ध क्षेत्र हो । के कारणले दुर्घटना भएको हो अझै खुल्न सकेको छैन । एमआई–८टी हेलिकप्टर शनिबार राडारबाट हराएको थियो । उक्त हेलिकप्टरमा १९ पर्यटक र ३ चालक दलका सदस्य सवार थिए ।

    प्रकाशित मिति :भाद्र १७ २०८१ सोमवार - ०९:४२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij