Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

सचिन तेन्दुलकरलाई कोरोना संक्रमण, अस्पताल भर्ना

सचिन तेन्दुलकरलाई कोरोना संक्रमण, अस्पताल भर्ना


  • 8.5K
    Shares

    सचिन तेन्दुलकरलाई कोरोना संक्रमण, अस्पताल भर्ना
    images

    भारतीय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकर कोरोना संक्रमित भएका छन् । संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका छन् । 

    क्रिकेटर तेन्दुलकरले आफु संक्रमित भएपछि अस्पताल भर्ना भएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् । 

    उनले ट्वीट गर्दै भनेका छन्, ‘चिकित्सकको सल्लाहपछि म अस्पताल भर्ना भएको छु । म केही दिनमै घर फर्कने आशामा छु । तपाई सबै आफ्नो ख्याल राख्नुहोस् र सुरक्षित भएर बस्नुहोस् ।’

    उनी केही दिनअघि कोरोना संक्रमित भएका थिए । भारतमा हाल कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । भारतमो महाराष्ट्र कोरोनाबाट सबैभन्दा प्रभावित भएको छ । 

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १२:३४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij