Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

ताइवानमा ट्रेन दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु

ताइवानमा ट्रेन दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु


  • 5.5K
    Shares

    ताइवानमा ट्रेन दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु
    images

    ताइवानको पूर्वी भागमा शुक्रवार बिहान यात्रुहरूले खचाखच एक ट्रेन दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । 

    घटनामा दर्जनौं मानिस घाइते भएको अधिकारीहरूले बताएका छन् । घाइतेलाई अस्पताल लगिएको छ भने कैयौं अझै पनि ट्रेनमै च्यापिएका छन् । ट्रेन लीकबाट झरेको थियो । 

    सुरुङभित्र फसेका चारवटा डब्बाहरूमा उद्धारकर्ताहरू पुग्ने कोशिश गरिरहेका छन् । ती डब्बाहरू नराम्ररी कुच्चिएकाले त्यहाँ पुग्न गाह्रो परिरहेको छ ।

    आठवटा डब्बा भएको ट्रेन ताइतुङतिर जाँदै थियो र त्यसमा ३५० जना यात्रु थिए । स्थानीय समयअनुसार बिहान ९ः२८ मा ट्रेन हुआलिएनभन्दा उत्तरतर्फ सुरुङभित्र ट्य्राकबाट झरेको थियो । 

    आरम्भिक अनुसन्धानमा डब्बा दुई र तीन ट्य्राकबाट उफ्रिएर सुरुङको भित्तोमा ठोकिएको ताइवानको सेन्ट्रल न्युज एजेन्सीले खबर दिएको छ । एजेन्सी

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - ११:००:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij