Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या

अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या


  • 2.7K
    Shares

    अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या
    images

    टेक्सस । अमेरिकाको ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ ।

    ह्युस्टनको एक कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो । कसले किन गोली हानेर हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अमेरिकामा बाहिरबाट अध्ययनका लागि एफ वान भिसामा आउने विद्यार्थीलाइ ‘इन्टरनेसनल स्टुडेण्ट’ ले चिनिन्छ ।

    विश्वस्त स्रोतका अनुसार ह्युस्टनको हिलक्रप्ट स्थित अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीले अपार्टमेन्टमा छापा हानेर शव अस्पताललाई जिम्मा लगाएको छ । मृतकको नाम मुना पाण्डे भएको बताइएको छ ।

    ह्युस्टन अमेरिकाको दक्षिणी राज्य टेक्ससको एक मुख्य सहर हो । यो अमेरिकाकै चौथो ठूलो सहर हो । न्यूयोर्क, लसएन्जलस, सिकागो पछिको बढी जनघनत्व भएको सिटीमा ह्युस्टन पर्छ ।

    सोमबार अपराह्न यो हत्या भएकोे अनुमान गरिएको छ । मृतकको नेपालमा रहेकी आमा र परिवारलाइ खबर भैसकेको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले जानकारी दिएका छन् ।

    नेपालमा रहेकी मृतककी आमा अनिता पाण्डे अधिकारीका अनुसार छोरीसँग चार दिन अघि कुराकानी भएको थियो । 

    प्रकाशित मिति :भाद्र ११ २०८१ मंगलवार - १२:३७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij