२०८२ भाद्र २६ गते बिहिवार
भारत उत्तराखण्डको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएका ४ जनामध्ये ३ जनाको शव नेपाल ल्याइएको छ। शनिबार दिउँसो कञ्चनपुरको गड्डाचौकी नाका हुँदै उनीहरूको शव नेपाल घरतर्फ लगिएको हो।
पहिरोमा परी मृत्यु भएका चितवन माडीका तुलबहादुर परिवार, कृष्ण परियार र पुर्ण नेपालीको शव नेपाल ल्याइएको छ । उनीहरुको शव एउटै गाडीमा ल्याइएको छ। अर्का मृतक दैलेखका दीपक बुढाको परिवारजन त्यही भएकाले त्यही अन्त्येष्टि गर्ने तयारी छ।
शुक्रबार नै बद्रीनाथबाट शव लिएर आएका चितवनका मृतक आफन्तजन साँझसम्म घर पुगेर भोली अन्तिम संस्कार गर्ने तयारीमा छ। बिहीबार राति केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पहिरोमा परी ४ जना नेपाली कामदारको मृत्यु भएको थियो।
उनीहरू बस्दै गरेको सडक छेउको छाप्रो पहिरोले पुरेको थियो। मृतक चारै जनाको बद्रीनाथस्थित सरकारी अस्पतालमा पोष्टमार्टम गरिएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij