Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर

बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर


  • 5.8K
    Shares

    बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर
    images

    बलिउडकी चर्चित अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर भएको छ । किरणका श्रीमानसमेत रहेका अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमार्फत उनलाई ब्लड क्यान्सर भएको जानकारी दिएका हुन् ।

    अनुपमका अनुसार उनलाई ‘मल्टिपल माइलोन’ नामको ब्लड क्यान्सर भएको हो । आफ्नी श्रीमतीको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिँदै उनी सधैं फाइटर भएको अनुपमले बताएका छन् ।

    ‘उनले धेरैको माया पाइरहेकी छन् र अझैै उनको स्वास्थ्यका लागि प्रार्थना गर्न अनुरोध छ,’ सामाजिक सञ्जाल फेसबुकमा सेयर गरिएको पोष्टमा अनुपमले लेखेका छन् । 

    किरण र अनुपमको बिबाह सन् १९८५ मा भएको थियो । यी दुबै बलिउडका चर्चित कलाकार हुन् । किरण भारतीय जनता पार्टी (भाजपा)की सांसदसमेत हुन्।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १६:०७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij