Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

‘हरेक रात मेरो अन्तिम हुन सक्ने सोच्दै निदाउँथे’ : इजरायलबाट अपहरित जापानी बन्धक

‘हरेक रात मेरो अन्तिम हुन सक्ने सोच्दै निदाउँथे’ : इजरायलबाट अपहरित जापानी बन्धक


  • 2.0K
    Shares

    ‘हरेक रात मेरो अन्तिम हुन सक्ने सोच्दै निदाउँथे’ : इजरायलबाट अपहरित जापानी बन्धक
    images

    टोकियो । अक्टोबर ७ मा हमासले बन्धक बनाएको २५१ जना मध्येकी एक इजरायली युवतीले बुधबार आफू कैदमा रहँदा हरेक रात आफ्नो अन्तिम रात हुन सक्ने सोच्दै सुत्ने गरेको बताएकी छन् ।

    “हरेक रात म सुत्न खोज्दा यो मेरो जीवनको अन्तिम रात हुन सक्ने सोच्दै निदाउँथे ”, नोआ अर्गामानीले जापानमा आफ्नो बुबासँग भेट्दा भने ।

    “मेरो उद्धार नहुँदासम्म मलाई म बाच्छु भन्ने विश्वास थिएन”, २६ वर्षीया अर्गामानीले टोकियोमा जी–७ राष्ट्रका वरिष्ठ कूटनीतिज्ञसँगको भेटमा बताए । “म तपाईंसँग यहाँ बसिरहेको छु, यो एउटा चमत्कार हो ।”

    अर्गामानी इस्लामवादीहरूको अक्टोबर ७ को आक्रमणको समयमा नोभा सङ्गीत महोत्सवबाट हमासद्वारा अपहरण गरिएका मध्ये एक थिए । त्यस समयमा उनले मोटरसाइकलको पछाडिबाट ‘मलाई नमार्नुहोस !’ भनेर चिच्याइरहेको भिडियो भाइरल भएको थियो ।

    भिडियोमा उनका प्रेमी इन्जिनियर अविनातन ओरलाई छुट्टै लगिएको देखाइएको छ ।

    इजरायली विशेष फौजले जुन ८ मा गाजाको नुसिरात शरणार्थी शिविरमा छापा मार्दा अर्गामानीसहित अन्य तीन जना २२ वर्षीया अल्मोग मीर जान, २७ वर्षीयस आन्द्रे कोज्लोभ र ४१ वर्षीया श्लोमी जिवको उद्धार गरेका थिए ।

    इजरायली सेनाले मङ्गलबार दक्षिणी गाजाको सुरुङ्गबाट छ जना बन्धकहरूको शव फेला परेको बताएको छ ।

    त्यस दिन बन्धक बनाइएका २५१ जनामध्ये १०५ जना अझै पनि गाजापट्टीभित्र बन्धक बनाइएका छन् । उनीहरूमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जानकारी गराएको छ ।

    “मेरा प्रेमी अविनातन अझै पनि बन्धक हुनुहन्छ । धेरै ढिला नगरी उनीहरूको उद्धार गर्न आवश्यक छ । हामीले पहिले नै धेरै मानिस गुमाइसकेका छौँ, अझै गुमाउन चाहँदैनौँ,” अर्गामानीले भने । रासस

    प्रकाशित मिति :भाद्र ६ २०८१ बिहिवार - १२:१२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij