२०८२ फाल्गुण २२ गते शुक्रवार
ब्राजिलको फोर्टालेजा कारागारमा रहेका दुई जना खतरनाक पुरुष अपराधी महिलाको भेषमा जेलबाट भाग्ने प्रयास गरेका छन्।
फ्रान्सिस्को अटिला दा सिल्भा र कार्लोस एन्टोनियो दा सिल्भा ओलिभेरा नामका दुई कैदीले परिवारले भेट्ने समयमा जेलबाट भाग्ने प्रयास गरेका हुन्।
उनीहरू सिएरा नामक आपराधिक समूहका सदस्य हुन्। उनीहरूविरुद्ध लागुऔषध तस्करी, लुटपाट र हत्याको कसुर छ। कारागारबाट महिला बनेर भाग्ने प्रयास गरे पनि उनीहरूलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो।
सेतो टिसर्ट, गुलाबी स्कर्ट, कालो नक्कली कपाल लगाएर उनीहरू अन्य कैदीलाई भेट्न आएका परिवारका सदस्यसँगै कारागारबाट निस्कने खोजेका थिए। तर, कारागारका सुरक्षाकर्मीले उनीहरूलाई चिनिहाले र तत्काल समाते।
तर उनीहरूले कसरी महिलाका पोसाक कसरी हात पारे भन्ने विषयमा ब्राजिल प्रहरीले अनुसन्धान अघि बढाएको छ। ब्राजिलमा कैदी भगाउन खोज्नेलाई ६ देखि २ वर्षसम्म कैद सजाय हुन्छ भने भाग्न प्रयास गर्ने कैदीलाई पनि सजायस्वरूप जेल समय थप हुनसक्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij