Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

स्वास्थ्य

स्वास्थ्य बीमा रकम एक लाखबाट ५ लाख बनाउन प्रस्ताव

स्वास्थ्य बीमा रकम एक लाखबाट ५ लाख बनाउन प्रस्ताव


  • 2.6K
    Shares

    • images
    स्वास्थ्य बीमा रकम एक लाखबाट ५ लाख बनाउन प्रस्ताव
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको उपचार रकम ५ लाख पुर्याउन प्रस्ताव गरेका छन् ।

    आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा मन्त्री पौडेलले सरकारले एक लाख बीमा उपचर रकम दिँदै आएकोमा ५ लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरेका हुन् ।  

    उनले सो रकमका लागि विभिन्न क्षेत्र सुनिश्चित गर्ने बताएका छन् । आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बीमा रकमको स्रोत सुनिश्चित गर्ने सकिने उनले बताए । 

    मन्त्री पौडेलले विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य  बीमा सेवा उपचार एकद्वार बनाउनु पर्ने बताए । पछिल्लो समय स्वास्थ्य बीमामा २८ प्रतिशत जनसङ्ख्या आबद्ध रहेकोमा नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ ।

    प्रकाशित मिति :श्रावण २७ २०८१ आइतवार - १५:१८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij