Logo

२०८२ फाल्गुण १४ गते बिहिवार

२०८२ फाल्गुण १४ गते बिहिवार

मौसमी फल अमला : कति गुणकारी ?

मौसमी फल अमला : कति गुणकारी ?


  • 421
    Shares

    मौसमी फल अमला : कति गुणकारी ?

    काठमाडौं । अमलाको सबैभन्दा ठुलो गुण भनेको यसलाई पकाएपछि पनि यसमा समावेश भिटामिन सी यथावत नै रहन्छ । अमला हरियो होस् अथवा ताजा अथवा सुकाएको भए पनि यसको गुण कहिल्यै कम हुँदैन ।

    मोटोपन कम गर्न चाहानु हुन्छ भने विहान खाली पेटमा महसँग अमलाको रस एक गिलास मनतातो पानीसंग सेवन गर्नु पर्छ ।

    अमलामा भिटामिन सी धेरै हुने भएकाले शरीरको रोगप्रतिरोधि क्षमता मजबुत बनाउँछ । रुघाखोकी, फ्लु जस्ता संक्रमणबाट बचाउँछ र छिटो निको पार्न मद्दत गर्छ । एक अमलाले दैनिक भिटामिन सी को ठूलो हिस्सा पूरा गर्छ ।

    फाइबरले भरिएको हुने भएकाले कब्जियत हटाउँछ, एसिडिटी कम गर्छ, पेट सफा राख्छ र पोषक तत्व राम्रोसँग अवशोषण हुन्छ ।

    अमलाको सेवनले खराब कोलेस्ट्रोल ‘एलडिएल’ घटाउँछ, राम्रो कोलेस्ट्रोल ‘एचडिएल’ बढाउँछ, रक्तचाप नियन्त्रण गर्छ र मुटुको स्वास्थ्य सुधार्छ । विभिन्न वैज्ञानिक अध्ययनहरूले पनि यो प्रमाणित गरेका छन् । यसको सेवनले ब्लड सुगर नियन्त्रण गर्छ, इन्सुलिन संवेदनशीलता बढाउँछ र मधुमेहको जोखिम कम गर्छ ।

    अमलाको रसको प्रयोग कपालमा गर्दा यसले कपाल झर्न कम गर्छ । चाँडै सेतो हुनबाट रोक्छ, कपालको जरा बलियो बनाउँछ । यसको सेवनले छालालाई चम्किलो बनाउँछ, चाउरीपन कम गर्छ र टक्सिन निकाल्छ । नियमित रुपमा अमलाको सेवन गर्दा मेटाबोलिजम बढाउँछ, अतिरिक्त बोसो घटाउँछ र तौल नियन्त्रणमा राख्न सहयोग गर्छ ।

    यसको सेवनले आँखाको स्वास्थ्य सुधार्छ, मोतियाबिन्दुजस्ता समस्या कम गर्छ , कलेजो सफा राख्छ, मिर्गौलाको समस्या घटाउँछ र शरीरबाट हानिकारक पदार्थ निकाल्छ । अमलामा भएको एन्टिअक्सिडेन्टले फ्री र्‍याडिकल्सबाट बचाउँछ, बुढौली ढिलो गर्छ र दिमागलाई स्वस्थ राख्छ ।

    प्रकाशित मिति :फाल्गुण १३ २०८२ बुधवार - ११:२९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij