Logo

२०८२ माघ २३ गते शुक्रवार

२०८२ माघ २३ गते शुक्रवार

रातको उज्यालोले बिगार्दैछ मुटु, बत्ती बालेर सुत्नेहरु ख्याल गरौं

रातको उज्यालोले बिगार्दैछ मुटु, बत्ती बालेर सुत्नेहरु ख्याल गरौं


  • 274
    Shares

    रातको उज्यालोले बिगार्दैछ मुटु, बत्ती बालेर सुत्नेहरु ख्याल  गरौं

    काडमाडौं । राति बत्ती बालेर सुत्ने बानीले तपाईंको मुटुमा चुपचाप खतरा निम्त्याइरहेको हुन सक्छ। बेलायतका वैज्ञानिकहरूले गरेको पछिल्लो अध्ययनले रातको कृत्रिम प्रकाशमा सुत्दा हृदयरोगको जोखिम उल्लेखनीय रूपमा बढ्ने तथ्य सार्वजनिक गरेको छ।

    यूके बायोबैंकका करिब ८९ हजार सहभागीलाई आधार बनाएर गरिएको अध्ययनअनुसार उज्यालो कोठामा सुत्ने व्यक्तिमा हृदयघातको जोखिम ३० देखि ५० प्रतिशतसम्म बढेको पाइएको छ। विशेषगरी हरेक रात उज्यालो प्रकाशमा सुत्नेहरूमा हृदयघातको जोखिम ४७ प्रतिशत, कोरोनरी धमनी रोगको ३२ प्रतिशत र स्ट्रोकको जोखिम २८ प्रतिशतले बढ्ने देखिएको छ।

    अमेरिकाको प्रतिष्ठित वैज्ञानिक पत्रिका जामा नेटवर्क ओपन मा प्रकाशित प्रतिवेदनले रातको कृत्रिम प्रकाशले दिमागमा तनाव बढाउने, धमनीमा सूजन ल्याउने र शरीरको प्राकृतिक जैविक घडी (बायोलोजिकल क्लक) बिगार्ने उल्लेख गरेको छ। यही कारणले दीर्घकालमा मुटुसम्बन्धी रोगको खतरा बढ्ने वैज्ञानिकहरूको निष्कर्ष छ।

    स्वास्थ्य जोगाउन वैज्ञानिकहरूले पूर्ण अन्धकारमा सुत्न सिफारिस गरेका छन्। सुत्नुभन्दा कम्तीमा चार घण्टा अगाडिदेखि बत्तीको उज्यालो घटाउने, मोबाइल तथा स्क्रिन प्रयोग कम गर्ने र ब्ल्याकआउट पर्दा प्रयोग गर्न उनीहरूको सुझाव छ।

    विशेषज्ञहरूका अनुसार यो अध्ययनले रातको प्रकाशलाई हृदयरोगको प्रमुख जोखिम कारकका रूपमा लिनुपर्ने स्पष्ट संकेत दिएको छ। शहरी क्षेत्रमा बढ्दो प्रकाश प्रदूषण र मोबाइल स्क्रिनको अत्यधिक प्रयोगका कारण यो समस्या भविष्यमा अझ गम्भीर बन्न सक्ने चेतावनी पनि उनीहरूले दिएका छन्।एजेन्सी

    प्रकाशित मिति :माघ २३ २०८२ शुक्रवार - १७:२३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij