Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

भरतपुर क्यान्सर अस्पतालले सबै प्रदेशमा सेवा विस्तार गर्ने

भरतपुर क्यान्सर अस्पतालले सबै प्रदेशमा सेवा विस्तार गर्ने


  • 2.1K
    Shares

    • images
    भरतपुर क्यान्सर अस्पतालले सबै प्रदेशमा सेवा विस्तार गर्ने
    images

    काठमाडौं । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ। 

    अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको हो। 

    अस्पतालका कार्यकारी निर्देशक डा।शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमा सेवा विस्तार गर्न लागेको जानकारी दिए। 

    हरेक प्रदेशका एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्नेगरी सेवा विस्तार हुने उनले बताए। ‘क्यान्सर परीक्षण गर्न अस्पतालको सेवा विस्तार गर्नुपर्ने आवश्यकता भएको हो,’ उनले भने। 

    कोसी प्रदेशको धनकुटा, मधेसको जनकपुर, गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गर्न लागिएको हो। 

    कार्यकारी निर्देशक डा।पौडेलका अनुसार हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिनेछन्। सबै प्रदेशका स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा सञ्चालन गरिने छ। रासस

    प्रकाशित मिति :श्रावण २७ २०८१ आइतवार - १०:२४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij