२०८२ फाल्गुण २२ गते शुक्रवार
काठमाडौं । भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ।
लामो समयदेखि बिरामी परेका पूर्वविदेशमन्त्री सिंहको गुरुग्रामस्थित एक निजी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पीटीआईका अनुसार नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने पारिवारिक स्रोतले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा शोक व्यक्त गरेका छन्। सिंहलाई सन् १९८४ मा पद्मभूषण प्रदान गरिएको थियो।
नटवर सिंहले आफ्नो पुस्तक ‘वन लाइफ इज नट इनफ’ मा सोनिया गान्धी प्रधानमन्त्री नबन्नुको कारण दिएका थिए, जसका कारण उनी निकै विवादमा तानिएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij