Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

हसिनालाई पक्राउ गरेर फिर्ता गर्न भारतलाई बंगलादेशी सर्वोच्च बारको आग्रह

हसिनालाई पक्राउ गरेर फिर्ता गर्न भारतलाई बंगलादेशी सर्वोच्च बारको आग्रह


  • 2.2K
    Shares

    हसिनालाई पक्राउ गरेर फिर्ता गर्न भारतलाई बंगलादेशी सर्वोच्च बारको आग्रह
    images

    ढाका । बंगलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससीबीए)का अध्यक्ष एम महबुब उद्धिन खोकोनले पूर्वप्रधानमन्त्री शेख हसिना बाजेद र उनकी बहिनी शेख रेहनालाई पक्राउ गरेर फिर्ता पठाउन भारतलाई आग्रह गरेका छन् ।

    उनले हसिनाले बंगलादेशमा धेरै मानिसको हत्या गरेको स्मरण गराएका छन् ।  बंगलादेशको पत्रिका डेली स्टारले जनाएअनुसार उनले एक वक्तव्य जारी गरी आफूहरूले भारतीय जनतासँग राम्रो सम्बन्ध कायम राख्न चाहेको पनि बताएका छन् ।

    बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी०का संयुक्त महासचिव पनि रहेका खोकोनले बंगलादेशी अधिकारीहरूलाई देशमा संकटकाल नलगाउन आग्रह समेत गरेका छन् ।

    उनले राजनीति र भ्रष्टाचारमा संलग्न भएका सर्वोच्च अदालतका न्यायाधीशहरूलाई एक हप्ताभित्र राजीनामा दिन पनि आग्रह गरेका छन् । एजेन्सी

    प्रकाशित मिति :श्रावण २३ २०८१ बुधवार - १३:५३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij