Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

आन्दाेलनकारीले जिउँदै जलाए हसिनाको पार्टीका ८ नेता

आन्दाेलनकारीले जिउँदै जलाए हसिनाको पार्टीका ८ नेता


  • 3.2K
    Shares

    आन्दाेलनकारीले जिउँदै जलाए हसिनाको पार्टीका ८ नेता
    images

    काठमाडाैं । बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि प्रदर्शनकारीहरूको तालिबानी शैलीमा कारबाही गरेकाे घटना सार्वजनिक भएको छ। प्रदर्शनकारीहरूले जेसाेरस्थित अवामी लीगका नेताहरू बसेकाे एक हाेटलमा आगाे लगाएका थिए । सञ्चार माध्यमले जनाएअनुसार आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् ।

    होटलका मालिक जेसोर जिल्ला अवामी लिगका महासचिव शाहीन चक्लादार थिए। सञ्चारमाध्यमलाई उपायुक्त अबरारुल इस्लामले घटनाको पुष्टि गरेका छन् । मृत्यु हुनेमा २० वर्षीय छयन र १९ वर्षीय सेजन हुसेन रहेका छन् । अस्पतालका कर्मचारी हारुन रसिदले त्यहाँ कम्तीमा ८४ जनाको उपचार भइरहेको र अधिकांश विद्यार्थी रहेको बताए ।

    आन्दाेलन आक्रामक बनेसँगै साेमबार हसिनाले देश छाडेर भागेकी थिइन् । उनले भागेसँगै देशभर आन्दाेलनकारीले उत्सव मनाएका थिए । साेही क्रममा आन्दाेलनकारीले हाेटलमा आगाे लगाएका हुन् । आन्दाेलनकारीले अवामी लिगको कार्यालय र नेताहरूकाे घरमा पनि आक्रमण गरेका थिए ।

    बंगलादेशमा आगजनी र हिंसाका कारण अहिलेसम्म कम्तिमा ३०० जनाको ज्यान गएको छ । समाचार एजेन्सी एएफपीको सोमबारको रिपोर्टमा यस्तो दाबी गरिएको हो।

    यद्यपी मृत्यु हुनेको संख्या ३ सय हो भन्नेबारे आधिकारिक बयान भने आएको छैन ।

    सरकारी अधिकारीहरूले एक सय जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आइतबार भएको झडपमा मात्रै १४ प्रहरीसहित १०० जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

    प्रकाशित मिति :श्रावण २२ २०८१ मंगलवार - ०९:४३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij