Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

राष्ट्रपतिले अनावश्यक दबाब दिन थालेपछि ब्राजिलका तीन सेना प्रमुखले दिए राजीनामा

राष्ट्रपतिले अनावश्यक दबाब दिन थालेपछि ब्राजिलका तीन सेना प्रमुखले दिए राजीनामा


  • 6.6K
    Shares

    राष्ट्रपतिले अनावश्यक दबाब दिन थालेपछि ब्राजिलका तीन सेना प्रमुखले दिए राजीनामा
    images

    ब्राजिलमा एकैपटक तीन सेना प्रमुखले राजीनामा दिएका छन् । ब्रजिलका थल सेना, नौसेना र हवाई सेनाका प्रमुखले एकसाथ राजीनामा दिएको बीबीसीले जनाएको छ ।

    राजनीतिक संकट झेलिरहेका राष्ट्रपति जाइर बोल्सोनारोलाई सबै सेना प्रमुखको राजीनामाले ठूलो झट्का लागेको छ । राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले राजीनामा दिएको बताइएको छ ।

    सोमबार मात्रै त्यहाँका विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएका थिए । कोरोना भाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो छ ।

    दुई वर्षअघि सत्तामा आएका चरम दक्षिणपन्थी बोल्सोनारोले कोरोना भाइरसलाई सामान्य भाइरस भन्दै आएका थिए भने उनले कोरोनाविरुद्धको नियमहरूको निरन्तर विरोध गर्दै आएका छन् ।

    कोरोना भाइरसका कारण उत्पन्न स्थितिलाई लिएर हल्ला बन्द गर्नुपर्ने पनि बोल्सोनारोको भनाइ छ । राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सबै सेना प्रमुखहरूले एकसाथ राजीनामा दिनु त्यहाँको इतिहासमै पहिलो घटना भएको बताइएको छ ।

    ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा सङ्क्रमण पुष्टि भएको छ ।

     

    प्रकाशित मिति :चैत्र १८ २०७७ बुधवार - १२:५३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij