Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

हमासले बन्धक बनाएका ५ जना मृत भेटिए

हमासले बन्धक बनाएका ५ जना मृत भेटिए


  • 2.8K
    Shares

    हमासले बन्धक बनाएका ५ जना मृत भेटिए

    इजरायली सेनाले गाजाबाट पाँच इजरायली नागरिकको शव फेला पारेको जनाएको छ। यी सबै सर्वसाधारणलाई गत वर्ष दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएको थियो।

    बीबीसीका अनुसार खान युनिसमा अपरेसनका क्रममा किन्डरगार्टेन शिक्षिका माया गोरेन, इजरायली सेनाका मेजर रविड आर्य काट्ज, मास्टर सर्जेन्ट ओरेन गोल्डिन, स्टाफ सर्जेन्ट टोमर अहिमास र सर्जेन्ट किरिल ब्रोडस्कीको शव फेला परेको हो। 

    इजरायली सेनाले भन्यो, ‘हामीलाई लाग्छ- शिक्षक गोरेनको बन्दीमा हुँदा हत्या गरिएको हुन सक्छ भने सेना प्रमुखको ८ अक्टोबरमा हमलाका क्रममा मृत्यु भएको हुन सक्छ र उनको शव पछि हमासले लिएको हुन सक्छ।’

    इजरायली सेनाले दिएको यो नयाँ जानकारीपछि अब बन्धक बनाएका २५१ जनामध्ये १११ जना अझै हमासको नियन्त्रणमा रहेको आकलन छ। इजरायली सेनाका अनुसार यीमध्ये ३९ जनाको पहिले नै मृत्यु भइसकेको छ। बुधबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै बन्धक बनाएका मानिसहरूको पनि उल्लेख गरेका थिए।

    तर उनले हमाससँग युद्धविराम र बन्धकहरूको रिहाइ सुनिश्चित गर्न कुनै सम्झौता भएको हो कि भनेर कुनै संकेत दिएनन्। नेतान्याहुले बन्धकहरूलाई रिहा गर्ने प्रयास भइरहेको मात्रै बताए।

    प्रकाशित मिति :श्रावण ११ २०८१ शुक्रवार - ०६:२४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij