Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

देशभर बढ्दै छ डेंगु सङ्क्रमण, १६ सयभन्दा बढीमा डेंगु पुष्टि

देशभर बढ्दै छ डेंगु सङ्क्रमण, १६ सयभन्दा बढीमा डेंगु पुष्टि


  • 1.7K
    Shares

    • images
    देशभर बढ्दै छ डेंगु सङ्क्रमण,  १६ सयभन्दा बढीमा डेंगु पुष्टि
    images

    काठमाडौं । देशभर एक हजार ६५७ मा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ६५७ जनामा डेंगु पुष्टि भएको जानकारी दिए।

    इडिसिडीको तथ्याङ्क अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ५७०, कोशी प्रदेशमा ३९६ जनामा डेंगु पुष्टि भएको छ ।

    त्यसैगरी, गण्डकी प्रदेशमा २५६, लुम्बिनी प्रदेशमा १९६, सुदूरपश्चिममा १७५, मधेश प्रदेशमा ४१ र कर्णली प्रदेशमा २३  जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिए । 

    जिल्लाअन्तर्गत काठमाडौं र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १९६, झापामा १२८ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।

    उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमखु लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा।दाहालको सुझाव छ ।

    उनले भने, ‘‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यलय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाडाँहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्ने ।

    प्रकाशित मिति :श्रावण ६ २०८१ आइतवार - १३:०४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij