Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

श्रीमतीलाई १२८ पटक चक्कु प्रहारपछि श्रीमान आफैले गरे झुण्डिएर आत्महत्या

श्रीमतीलाई १२८ पटक चक्कु प्रहारपछि श्रीमान आफैले गरे झुण्डिएर आत्महत्या


  • 6.5K
    Shares

    श्रीमतीलाई १२८ पटक चक्कु प्रहारपछि श्रीमान आफैले गरे झुण्डिएर आत्महत्या
    images

    श्रीमानको अर्को महिलासँगको सम्बन्ध पत्ता लागेपछि श्रीमतीले श्रीमानको साथ छोडिदिएकी थिइन् । तर उनलाई थाहा थिएन की श्रीमानलाई छाडेपछि श्रीमानको घर छेउ जान उनलाई यति महंगो पर्छ भन्ने ।

    श्रीमानले जब श्रीमतीलाई आफ्नो घर छेउ देखे चाकूले श्रीमतीमाथि आक्रमण गर्न थाले । र अन्तिममा आफूले झुण्डिएर आत्महत्या गरे ।

    भारतको कोलकताको हुगली बजार थानाका अनुसार माइतीमा बसिरहेकी नर्स रगतको नमूना लिन श्रीमानको घर भएको ठाउँमा पुगेकी थिइन् । अचानक श्रीमानले उनलाई देखे र रिसले चुरचुर भए । श्रीमानले आफनी श्रीमतीलाई घेरेर चक्कुले हान्न थाले ।

    उनले श्रीमतीलाई १ सय २८ पटक चक्कुले हाने र त्यहाँबाट भागेर कोठामा ढोका थुनेर बसे । कोठामा उनले झुण्डिएर आत्महत्या गरे ।

    आरोपी श्रीमान् राजु मण्डलकी श्रीमती रिन्कु मण्डल माइतीमै बस्थिन् । राजुले माछाको व्यापार गर्थे । रिन्कु निजि ल्याबमा काम गर्थिन् । राजुको त्यसै क्षेत्रकी एक महिलासँग प्रेम सम्बन्ध थियो ।

    यसबारे रिन्कुले थाहा पाएपछि घरमा झगडा हुन थाल्यो । राजुले आफ्नो व्यवहारमा सुधार नगरेपछि रिन्कुले श्रीमानलाई छाडेर माइतीमा बस्न थालिन् ।

    त्यसैले राजुले रिन्कुलाई घृणा गर्न थालेका थिए । रिन्कु माइतीमा खुशी थिइन् । सोमबार उनी रगतको नमूना लिन पति राजुको घर नजिक गएकी थिइन् । राजुले उनलाई देखेपछि रिसले चाकुले हान्न थाले । महिलालाई कोहीले बचाउन पनि सकेनन् ।

    राजुले हानेको चाकुले रिन्कुको शरीरमा करिब १ सय २८ ठाउँमा गम्भीर घाउ भएको थियो । यसपछि राजु डराएर आफ्नो घर गएर कोठा बन्द गरेर झुण्डिएर आत्महत्या गरे ।

    घाइते महिललाई उपचारको लागि अस्पताल पुर्याइएको छ । उनको उपचार भैरहेको छ । उनी जीवन र मृत्युसँग लडिरहेकी छिन् ।

    यस घटनाको सूचना पाए लगतै प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरीले राजुको शवलाई पोष्टमार्टमकालागि अस्पताल पुर्याएको छ । एजेन्सी 

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - ११:२१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij