Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

चीनमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण

चीनमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण


  • 8.4K
    Shares

    चीनमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण
    images

    चीनमा विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको छ । चीनको सिनयाङमा वायु प्रदूषण मापन गर्ने एक्यूआई ५८१ पुगेको छ । यो अत्यन्तै खतारापूर्ण अवस्था हो ।

    यस्तै बंगलादेशको ढाका वायू प्रदूषणको हिसाबले विश्वको दोस्रो स्थानमा रहेको छ ।बंगलादेशको ढाकाको एक्यूआई १८० रहेको छ ।

    यस्तै तेस्रो स्थानमा साउदी अरबको रिहाद रहेको छ । चीनको बेइजिङ भने चौथो स्थानमा रहेको छ । बेइजिङको एक्यूआई १७७ मापन गरिएको छ ।

    खडेरीबाट प्रभावित मंगोलिया र उत्तरपश्चिम चीनमा बालुवाको आँधी आएपछि बेइजिङलगायतका ठाउँमा वायुप्रदूषण बढेको हो ।

    भारतको मुम्बई पाँचौ स्थानमा रहेको छ । मुम्बाईको एक्यूआई १६९ रहेको छ । केही दिनअघि विश्वकै सबैभन्दा धेरे प्रदूषण भएको नेपालको काठमाडौं भने छैठौँ स्थानमा झरेको छ । 

    काठमाडौंको एक्यूआई अहिले १६४ रहेको छ । २सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ ।

    प्रकाशित मिति :चैत्र १५ २०७७ आइतवार - २०:१३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij