Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कोरोना भाइरसविरुद्धको खोप ल्याइयो

कोरोना भाइरसविरुद्धको खोप ल्याइयो


  • 1.8K
    Shares

    • images
    कोरोना भाइरसविरुद्धको खोप ल्याइयो
    images

    काठमाडौं । सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आज कतार एयरवेजमार्फत ल्याएको हो ।

    स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज ४६ हजार ८० हजार मात्रा खोप ल्याइएको जानकारी दिए । नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो ।

    उनले आजदेखि नियमित रुपमा पाँच दिनसम्म कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइने बताए । उनले उक्त खोप विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती र स्वास्थ्यकर्मीलाई लगाइने बताए ।

    खोप ग्लोबल अलायन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)को अनुदानमा ल्याइएको हो । सरकारी अस्पतालमा अहिले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने गरिन्छ । 

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - १५:०९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij