Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

कैलालीमा रगत अभाव, शल्यक्रिया प्रभावित

कैलालीमा रगत अभाव, शल्यक्रिया प्रभावित


  • 2.2K
    Shares

    • images
    कैलालीमा रगत अभाव, शल्यक्रिया प्रभावित
    images

    कैलाली । धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको मौज्दात घट्दै जाँदा रगत अभाव हुँदै गएको छ ।

    केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रुपमा रगत माग गरेमा तत्काल पाउने अवस्था छैन ।

    सुदूरपश्चिमका पहाडी जिल्लाबाट विभिन्न रोगका बिरामी उपचारका लागि धनगढीमा आउने गरेका छन् ।
    उपचार गर्न अस्पताल भर्ना भएका बिरामीका आफन्तले रगतको खोजीमा सास्ती खेप्नु परेको छ । पछिल्लोपटक जिल्लामा रक्तदान कार्यक्रम पनि कम हुन थालेका छन् ।

    हरेक वर्ष गर्मीयाममा रगत अभाव हुने गरेको प्रमुख पन्तले बताए । ‘रक्त सञ्चार केन्द्रका अनुसार ‘ए पोजेटिभ’ समूहको रगतको अभाव तुलनात्मक रूपमा बढी देखिएको छ ।

    कतिपय समूहको रगत बिरामीका आफन्तले चाहेका बेला पाउने अवस्था छैन’, उनले भने, ‘हामीले रक्तदाता खोजेर भए दिने प्रयास गर्दै आए पनि सहज रूपमा रगत पाउन ढिला हुन्छ ।’

    समयमै रगत नपाउँदा कतिपय बिरामीको शल्यक्रिया पनि प्रभावित बन्न थालेको छ । केन्द्रबाट दैनिक ५० देखि ६० युनिट रगत खपत हुँदै आएको छ ।

    प्रकाशित मिति :आषाढ १६ २०८१ आइतवार - १०:४६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij