Logo

२०८२ कार्तिक ८ गते शनिवार

२०८२ कार्तिक ८ गते शनिवार

मुकेश ढकाल अभिनित फिल्म 'गुड फ्रेण्ड' चैत्र २० देखि रिलिज हुँदै

मुकेश ढकाल अभिनित फिल्म 'गुड फ्रेण्ड' चैत्र २० देखि रिलिज हुँदै


  • 10.8K
    Shares

    मुकेश ढकाल अभिनित फिल्म 'गुड फ्रेण्ड' चैत्र २० देखि रिलिज हुँदै
    images

    काठमाडौं । सिनेमा हलमा नयाँ चलचित्र प्रदर्शन हुन नसकेको बेला नयाँ चलचित्र ‘गुड फ्रेन्ड’ रिलिजको घोषणा गरिएको छ । यो चलचित्र यही २० चैतबाट सिनेमा हलमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

    नयाँ चलचित्र रिलिज नभएको बेलामा खुला रहेको सिनेमा हलमा केही राहत पुगोस् र दर्शकले पनि नयाँ फिल्म हेरून् भनेर आफूहरूले २० चैतबाट देशभर चलचित्र गुड फ्रेन्ड रिलिज गर्न लागेको पनि निर्माण पक्षले जनाएको छ ।

    यस चलचित्रमा मुकेश ढकाल, सविना कार्की, एलबी कटुवाल, वसन्त बर्मा, राजन महर्जन, पूजा महर्जन, राज सिंहलगायतको अभिनय छ ।

    समसामयिक प्रेमकथामा आधारित चलचित्र एक्सन प्रधान रहेको निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा पम्फा बर्मा, फारुबी बर्मा निर्माता रहेका छन् । चलचित्र निर्देशन राजबहादुर सानेले गरेका हुन् ।

    यो चलचित्रमा प्रदीप खड्काको द्वन्द्व निर्देशन, ध्रुव बिश्कोको संगीत, अजय स्याङतान र राजन महर्जनको नृत्य निर्देशन, केशव अधिकारीको छायांकन रहेको छ ।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १३:५२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij