Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आँप फ्रिजमा राख्न हुन्छ कि हुँदैन ?

आँप फ्रिजमा राख्न हुन्छ कि हुँदैन ?


  • 5.5K
    Shares

    • images
    आँप फ्रिजमा राख्न हुन्छ कि हुँदैन ?
    images

    काठमाडौं । यतिबेला बजारमा जताततै आँप छ । कसैलाई आँप काटेर खान मन पर्छ । 

    कोही यसलाई लस्सी, म्याङ्गो शेक आदि बनाएर खान्छन् । चाहे केटाकेटी हुन् वा वृद्धवृद्धाले सबैले आँप रुचिका साथ खान्छन् । कयौँ गुणले भरिपूर्ण फलफूलको राजा हो आँप । एकै पटक धेरै आँप किनेर राख्दा बिग्रिएर कयौँ त फ्याक्नु पर्ने पनि हुन सक्छ । 

    फ्रिजमा नराख्नु:

    केही मानिसहरू बजारबाट आँप किनेर घर ल्याउने बित्तिकै फ्रिजमा राख्छन् । तर फ्रिजको चिसोका कारण आँप राम्रोसँग पाक्दैन अनि फ्लेभर पनि घट्छ । आँपलाई फ्रिजमा राख्दा यसका कयौँ पोषक तत्त्व घट्न थाल्ने अनि यसको स्वादमा पनि परिवर्तन आउने विज्ञहरू बताउँछन् ।

    यसरी राख्नुहोस्  आँपलाई

    –बजारबाट आँप किन्दा पूरै पाकेको छ कि छैन भन्ने कुरामा ध्यान दिनुस् । केही पाकेको अनि केही काँचो आँप ल्याउनुस् । हरेक दिन पाके पाकेको आँप छानेर खाँदा एकै चोटी सबै आँप पाकेर बिग्रने सम्भावना कम हुन्छ । आँपलाई दिनहुँ चेक गर्दै सड्न वा गल्न थालेको आँपलाई झिकेर राखिदिनुस् ।

    – आँपलाई खैरो पेपरमा बेरेर टोकरीमा राख्नुस् । तर यो भन्दा अगाडि आँपलाई धुनुस् ताकि यसमा कुनै केमिकल छन् भने पखालियोस् । यी आँपलाई काठको टोकरीमा राख्नुस् । सही तापक्रम पाएर यो प्राकृतिक रूपमा पाक्न थाल्छ र स्वाद पनि मिठो हुन्छ ।

    – आँपलाई घाम वा धेरै गर्मी भएको ठाउँमा राख्नु हुन्न । बरु खाटको मुनि वा अँध्यारो ठाउँमा राख्नुस् ।

    – बिहान सबेरै आँपको थुप्रोबाट पाकेका आँप छानेर दुई घण्टासम्म फ्रिजमा राखिदिनुस् । खानुअघि यी आँपलाई ४ देखि ५ घण्टासम्म पानीमा भिजाएर राख्नुस् । यसले आँप चिसो रहन्छ र स्वास्थ्यलाई पनि हानि गर्दैन  ।

    – एकै पटकमा धेरै आँप पाकेका छन् भने यी आँपलाई ४ देखि ५ दिनसम्म फ्रिजमा राख्न सकिन्छ । यसले आँप थप पाक्ने वा गल्ने प्रक्रिया रोकिनेछ र बिग्रने छैन ।

    – तपाईँ आँप महिनौँ वा हप्तौँसम्म नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने आँपलाई काटेर, बोक्रा निकालेर, मिक्सरमा पिसेर आइस ट्रेमा हालेर राख्नुस् । यसरी तपाईले महिनौँसम्म पनि आँप प्रयोग गर्न सक्नुहुन्छ ।  एजेन्सी

    प्रकाशित मिति :आषाढ ९ २०८१ आइतवार - १५:१५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij