Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

पनीर खान कतिको फाईदाजनक छ ? पनीरले कोलेस्टेरोल बढाउँछ छ त ?

पनीर खान कतिको फाईदाजनक छ ? पनीरले कोलेस्टेरोल बढाउँछ छ त ?


  • 3.2K
    Shares

    • images
    पनीर खान कतिको फाईदाजनक छ ? पनीरले कोलेस्टेरोल बढाउँछ छ त ?
    images

    काठमाडौं । शाकाहारीको प्रिय परिकार हो पनीर । अन्यलाई मासु प्रिय भएजस्तै हो शाकाहारीका लागि पनीर । चाडपर्वमा शाकाहारी भान्सामा यो नछुट्ने खानेकुरा हो ।

    पनीर खाँदा स्वादिष्ट हुने मात्र नभई स्वास्थ्यका लागि पनि लाभदायक छ । किनकि यसमा शरीरलाई चाहिने बोसो, प्रोटिन, फस्फोरस, क्याल्सियम र म्याग्नेसियम जस्ता पोषक तत्व पाइन्छ ।

    स्वास्थ्यका लागि पनि राम्रो र स्वादको हिसाबले मीठो मानेर धेरैले पनीर टन्न खाने गर्छन्, तर फाइदा गर्छ भन्दैमा आवश्यकभन्दा बढी खानु हुँदैन । किनकि अत्याधिक मात्रामा पनीर खाँदा यसले शरीरलाई हानि गर्ने ‘ब्याड कोलेस्टेरोल’ को स्तर बढाउँछ ।

    कसरी ?

    पनीरमा बोसो र प्रोटिनको मात्रा धेरै हुने भएकाले अन्य तरकारीको तुलनामा पच्न समय लाग्छ । त्यसमाथि पनि पनीरलाई तारेर चिल्लो तथा बाह्रमसला हालेर खाने चलन छ । उच्च प्रोटिन अनि त्यहीमाथि मसालेदार बनाएर खाँदा क्यालोरी पनि बढ्छ ।

    त्यसैले पनीरको परिकार धेरै खाँदा लगातार पाचनशक्तिमा भारत पर्छ र फलस्वरुप पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ ।

    कुनै शारीरिक कसरत पनि भएको छैन भने शरीरमै थुप्रिएर बस्छ र बिस्तारै रक्तनलीहरुलाई पनि साँघुरो बनाउँछ । रक्तनली खुम्चिंदै गएमा कोलेस्टेरोलको स्तर बढ्ने, रक्तचाप बढ्ने समेत हुनसक्छ ।

    त्यस्तै, बजारिया पनीरमा नुन पनि हुन्छ । जसले सोडियमको खपत बढाउँछ । उच्च सोडियमले पनि रक्तचाप बढाउँछ ।

    पहिलेदेखि उच्च रक्तचाप र मधुमेह छ भने त झन् शरीरलाई आवश्यकभन्दा बढी पनीर खानुहुँदैन । यसले कोलेस्टेरोलको जोखिम ह्वात्तै बढाउँछ ।

    ब्रिटिश हार्ट फाउन्डेसनमा प्रकाशित एक आलेखले पनि पनीरमा उच्च स्याचुरेटेड फ्याट र नुन हुने हुँदा कोलेस्टेरोल र रक्तचाप बढ्ने उल्लेख छ ।

    यी दुवैको स्तर बढ्दा मुटुरोग समेत बढ्न सक्ने हुँदा पनीरलाई स्वस्थरुपमा पकाएर सीमित मात्रामा खान  फाउन्डेसनले सुझाएको छ ।

    त्यसो भए पनीरको सीमितता कति ?

    हाम्रो शरीरलाई फाइदा गर्ने खानेकुरा पेटभर खानै पर्दैन । थोरै खाँदा पनि पोषण पुग्छ ।

    पनीर होस् वा अन्य प्रोटिन भएको खानेकुरा, यदि जति खान्छौं, त्यही अनुसार शारीरिक गतिविधि गछौं भने खानेकुरा पच्छ । तर काम गर्दैनौं, टन्न खान्छौं मात्र भने सीमित खानेकुराले पनि पाचनमा समस्या ल्याउन सक्छ ।

    सामान्यतया एक जना स्वस्थ व्यक्तिले पोषणका लागि दैनिक २०० ग्राम पनीर खान सक्छन् । यति खाएमा मासु बराबरकै प्रोटिन शरीरले पाउँछ ।

    पनीरमा पाइने पोषक तत्व

    पनीरमा ल्याक्टोज कम हुन्छ । यसमा फ्याट, प्रोटिन, क्याल्सियम, भिटामिन, फस्फोरस र खनिज प्रशस्त मात्रामा पाइन्छ ।

    यसबाहेक भिटामिन ए, बी १२, बी ९, बी ७, बी ६, बी ५, बी ३, बी २ पनि केही मात्रामा पनीरमा पाउन सकिन्छ ।

    प्रकाशित मिति :आषाढ ७ २०८१ शुक्रवार - १४:३२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij