Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालले एकै ओभरमा गुमायो दुई विकेट

नेपालले एकै ओभरमा गुमायो दुई विकेट


  • 2.1K
    Shares

    नेपालले एकै ओभरमा गुमायो दुई विकेट

    काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले एकै ओभरमा दुई विकेट गुमाएको छ ।

    शनिबार सेन्ट भिन्सेन्टमा जारी खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले ७.२ ओभरमा ओपनर कुशल भुर्तेललाई १३ रनमा गुमाएको हो । भुर्तेलले २१ बलमा एक चौका र एक छक्का प्रहार गरे । सोही ओभरको चौथो बलमा नेपालले कप्तान रोहितकुमार पौडेललाई शून्यमा गुमाएको हो ।

    जारी खेलको आठ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ३६ रन बनाएको छ ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।

    प्रकाशित मिति :आषाढ १ २०८१ शनिवार - ०६:५०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij