२०८२ भाद्र १ गते आइतवार
हेड्स नेपाल एउटा संवेदनशील मानवीय समस्याको समाधानसंगै मूलतः ५ जना युवा भलाद्मीबीचको छलफल तथा निष्कर्षबाट जन्मिएको सेवामूलक गैरसरकारी संस्था हो । यसको स्थापनामा पहल, अवधारणाको विकास, संरक्षण, संवर्धन र आवश्यकताअनुसार नेतृत्व दिंँदै, व्यवस्थापकलाई पूर्ण समय खर्चिरहेका यस संस्थाका प्रमुख संस्थापक एवं निरन्तर उर्जाशील क्रियाशील जीवनका कर्मठ व्यक्तित्व प्रतापराज वन्तसंग लिइएको अन्तर्वार्ताः
१. समाजसेवामा तपाईं कसरी आकर्षित हुनुभयो ?
२०३५ साल श्रावणबाट पोखराको पृथ्वीनारायण कलेजमा आइकम पढ्दै थिएँ । शुक्र र शनिवार कलेज बिदा हुने गर्दथ्यो । प्रायः हामी साथीभाइ फेवाताल, महेन्द्रगुफा, डेभिडफलतिर घुम्न निस्कन्थ्यौँ । त्यतिबेलै पनि पोखरामा विभिन्न देशका पर्यटकहरू प्रशस्तै घुम्न आउँथे । त्यो दृश्यले मेरो १६ वर्षे कलिलो दिमागमा गहिरो प्रभाव पा¥यो । मेरो देशमा कति ठूलो गरिबी छ, बालबालिकाहरू पढ्न स्कुल जानुको अलावा मागेर खाइरहनुपर्ने अवस्थाले मेरो देशको गरिबीलाई मेरो नाङ्गो आँखाले देख्यो । त्यतिबेला मैले अठोट गरंँ गरिब दीनदुःखीको सेवामा मैले लाग्नुपर्छ । सेवा गर्नका लागि एक्लै सकिंँदैन समूह, सङ्गठन र संस्था नै चाहिन्छ। यही दृढ निश्चय गरेर समाजसेवातिर आकर्षित भएँ ।
दसैँ र तिहार बिदामा १ महिना क्याम्पस बन्द भयो । घटस्थापनाको अघिल्लो दिन जन्मभूमि धरम्पानी पुगेँं । घटस्थापनाकै दिनमा गाउँका युवाहरूको जमघट गराइयो । त्यसै दिनमा एउटा संस्थाको जन्म भयो “मानव कल्याण सङ्घ” । त्यसबेला मेरो उमेर १६ वर्षको मात्र थियो । त्यसै संस्थामार्फत गाउँका युवायुवतीलाई परिचालन गरी प्रतिसदस्य मासिक २५ पैसा सङ्कलन गरी कोषको व्यवस्था ग¥यौँ । कोजाग्रत पूर्णिमाको दिनमा खाञ्चोक भन्ज्याङको खुला चौतारीमा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा दर्शकदिर्घाबाट मनकारी व्यक्तित्वहरूले नगद सहयोग गरे । पहिलो पटक मेरो उद्घोषणको जिम्मेवारीलाई सयौँ दर्शकहरूले प्रशंसापूर्ण ढङ्गले अनुमोदन गरिदिनुभयो । म उत्साहित हुँदै आएँ । सांस्कृतिक कार्यक्रमले हामीलाई थप अभियान सञ्चालन गर्न उत्साहित मात्रै तुल्याएन, पुरस्कारस्वरूप प्राप्त रकमले सामाजिक संस्था सञ्चालन गर्न पनि सहज तुल्यायो । त्यसै वर्षको तिहारमा लक्ष्मीपूजाकै दिनबाट ७ दिनसम्म लगातार देउसीभैलो खेलेर (दुई हजार दुई सय) सङ्कलन गर्न सफल भएपछि युवाहरू थप उत्साहित भए । उपचार गर्न नसक्नेलाई आर्थिक तथा भौतिक सहयोग, पढ्न नसक्नेलाई कलम, कापी र शुल्क तिर्न सहयोग, जन्म हुँदा सुत्केरी आमालाई सानोतिनो सहयोग, मृत्यु हँुदा मृत्युसंस्कार गर्न कठिन भएका घरवालालाई भौतिक तथा आर्थिक सहयोग गर्न मानव कल्याण सङ्घमार्फत सत्प्रयाश गरियो ।
२. आम मानिसले बुझ्ने गरी तपाईंको समाजसेवाको संलग्नतालाई थप उजागर गरिदिनुहोस् न ।
२०३७ साल भदौबाट घ्याम्पेसाल बजारमा “सुजन एण्ड सुनिल औषधी पसल” स्थापना गर्ने प्रेरणा त्यतिबेलाका हेल्थ असिस्टेन्ट बाबुराम देवकोटाले दिएकाले औषधी उपचार सेवामा लागेँ । त्यति नै बेला २०३७ चैत १५ गते घरमुनिको सिमखेतमा चैते धानलाई पानी पटाएर रिठ्ठेपानी फूलबारीको बाटो भएर काँधमा कोदाली बोकेर आउँदै थिएँ । त्यो ठूलोचौर र फूलबारीको डीलभरि सार्वजनिक खुला चर्पी जहाँ दुर्गन्धले बस्नै नसक्नै स्थिति थियो । अर्काेतिर त्यही फूलबारी आँगनमा टाउकामा जुम्रा, जिउमा घाउखटिरा भएका ५०÷६० जना बालबालिकाहरू खेलिरहेका प्रत्यक्ष मेरा नयनले दृष्टिगोचर ग¥यो । त्यसैदिन बेलुकी भाइ हरिश्चन्द्र श्रेष्ठको पिँढीमा बसेर एक दर्जन युवा, प्रौढ र जेष्ठ नागरिकहरू जम्मा गरेर सोधेँःहामीलाई स्कूल चाहिंँदैन ? गाउँलेहरू उत्साहित हुँदै बेलिविस्तार लाउन थाले ःहामीलाई साथ सहयोग दिने मान्छे भएन प्रतापजी । पहिला पनि हामीले स्कुल खोल्न खोज्यौँ, पढाउने मास्टर भएन । जिल्लामा भनसुन गर्ने मान्छे भएन । त्यसैले हाम्रा बालबालिका पढ्नै सकेका छैनन् । भोलिपल्टै हामीले विद्यालय स्थापना ग¥यौँचैत १६ गते २०३७ मा । एकैदिनमा हाम्रो विद्यालय श्री रामचन्द्र प्रा.वि. को टहरो बन्यो । १६ गतेबाटै ६० जना विद्यार्थीहरूलाई पढाउन थालियो । त्यस बेला औषधी बेच्ने, नाफा गर्ने भन्दा पनि दुःख पाएका गरिब बिरामीहरू आउँदा निःशुल्क औषधी वितरण गर्ने क्रममा ६ महिनाभित्रमा औषधी सकिने अवस्था आयो । मसंग बाँकी रहेको औषधीले करिब ४ महिनासम्म गाउँलेको उपचारमा निःशुल्क सेवा पु¥याएँ । औषधी सकिएपछि उपाय खोज्दै जाँदा परोपकार संस्थाका प्रमुख संस्थापक दयावीरसिहं कंसाकारलाई भेटी गाउँको स्वास्थ्यअवस्थाबारे वस्तुगत अवस्था जाहेर गरेँ । हप्तादिन भित्रमा परोपकार प्राथमिक उपचार केन्द्र स्वीकृत गरीऔषधी, स्टे«चर र कागजपत्रहरू तयार गरिदिनुभयो । हाल म परोपकार संस्थाको पनि केन्द्रीय बोर्ड मेम्बर भई सेवा गरिरहेको छु । हेड्स नेपाल त मेरो प्राथमिकताको संस्था नै भइहाल्यो ।
३. हेड्स नेपाल कसरी स्थापना भयो ? यसको ऐतिहासिक सन्दर्भ, विकास र विस्तारबारे सूक्ष्म दृष्टिले बताइदिनुहोस् न ।
गाउँकी एकजना महिला दुर्गा पोखरेलजी रक्तस्रावले ग्रसित भई जिल्ला अस्पतालमा उपचार हुन नसकी बेहोस अवस्थामा स्थानीय मित्र खड्कबहादुर श्रेष्ठले एम्बुलेन्समा राखेर उपचार गर्न ल्याउँदा प्रसूतिगृह थापाथलीमा सफल उपचार गराई बचाउन सफल भयौँ । त्यतिबेला ५ पिन्ट Blod र आवश्यक रकमको व्यवस्था गरी उनको पुनर्जीवन भयो । त्यसैदिन बेलुकी २०५० वैशाख मसान्तमा ११ः४५ बजे प्रसूतिगृह थापाथलीको आँगनमा ४ जना उपचारमा सहयोगी साथीहरू (मदन श्रेष्ठ, खड्कबहादुर श्रेष्ठ, गणेशमान श्रेष्ठ, रामहरि श्रेष्ठ) संग सल्लाह गरी एउटा सेवा गर्ने संस्था स्थापना गर्ने सामान्य सल्लाह भयो । भोलिपल्ट जेठ १ गते भृकुटीमण्डपको चौरमा बसी छलफल गरेर यो संस्थाको जन्म भएको हो । आज यो संस्थामा देशभरिबाट सदस्यहरू सहभागी हुँदै छन् । विदेशमा पनि संस्थाका सदस्यहरू बन्दैै जानुभएको छ । अमेरिका, क्यानाडा, युरोपका विभिन्न देशहरू, अस्टे«लिया, जापान, कोरियालगायत एसियाका विभिन्न देशहरूमा संस्थाका सदस्यहरू सक्रियतापूर्वक लागिरहनुभएको छ ।
४. अन्य कुनै सामाजिक सङ्घसंस्थाहरूस्थापनामा पनि तपाईंको सक्रिय भूमिका छ ?
शैक्षिक संस्थामा शान्ति प्रा.वि.र रामचन्द्र प्रा.वि.को स्थापना पश्चात् २०४५ मा श्री माउण्टेन भ्यू.सामाजिक इङ्गलिस बोर्डिङ्ग स्कुल स्थापना, २०४८ मा शिवज्योति प्रा.वि, २०५१ मा श्री शान्ति मा.वि., २०६६ मा श्री चामुण्डा प्रा.वि.को पूर्ण जीर्णोद्धारसहित नयाँ च्ऋऋ भवन निमार्णमा सक्रिय भूमिका निर्वाह गरेँ । त्यसैगरी स्वास्थ्यक्षेत्रमा परोपकार संस्थामार्फत अश्राङ्ग, ताप्ले, मसेल ताकु र बगुवासमेत ६ ठाउँमा परोपकार प्राथमिक उपचार केन्द्र स्थापना गरी सेवा दिने प्रयत्न गरेँ ।
५. हेड्स नेपालको अवधारणा, स्थापना र विकासमा प्रमुख संस्थापकको भूमिका निर्वाह गर्नुभएको पाइयो । यसको प्रारम्भिक अवस्था कस्तो थियो र कसरी सेवा प्रदान गर्नुभएको थियो ?
बगुवा गोरखा स्वास्थ्यकल्याण समितिमार्फत २०५६ मा सुपथमूल्य जन औषधालय स्थापना र सञ्चालन गरियो । म त्यसमा पनि निकै सक्रिय थिएँँँ । रिठ्ठेपानी, खाञ्चोक, डान डाँडा र बगुवामा ४ वटा स्थानीय विद्यार्थी क्लबहरूस्थापना गरी विद्यार्थीहरूलाई अध्ययन र खेलकुदमा प्रतिपर्धा गर्न सक्ने स्तरमा प्रवर्धन गर्न कोशिश गरेँ । खाञ्चोक बजार सुधार समिति, घ्याम्पेसाल बजार सुधार समिति, अहाँले भञ्ज्याङ्ग बजार सुधार समिति स्थापना गरी बजार क्षेत्रमा सरसफाइ तथा वातावरण संरक्षण तथा रुखबिरmवा रोपणमा चेतना जगाउने कार्यमा लागेँ । २०४४ देखि २०४७ सम्म गोरखाको बगुवार ताप्लेमा आयआर्जन कार्यक्रम (क्ष्लअयmभ न्भलभचबतष्लन एचयनचबm) सञ्चालन गरी फलफूल तथा तरकारी खेतीका लागि स्थानीय किसान समुदायको सहयोगी मित्र बन्ने प्रयास गरेँ । फलस्वरूप हिजो आज त्यहाँका किसानहरूतरकारी र फलफूल आफूले मात्र खाँदैनन् , बजारमा विक्री गरी आयआर्जन पनि गर्दछन् । त्यस अतिरिक्त विश्वकर्मालाई फलाम तामा, दर्जीलाई सिउने मेसिन र लुगाफाटा उपलब्ध गराई आयआर्जनमा उत्पे्ररित र उत्साहित गरेँ ।
२०५० सालमा स्थापना गरिएको बगुवा गोरखा स्वास्थ्यकल्याण समितिलाई २०६६ मा हेड्स नेपालमा रूपान्तरण गरियो । यही हेड्स नेपाल मार्फत ५ वटा सहकारी संस्थाहरू स्थापना र सञ्चालनमा सहभागी भएको छु । दरौँदी ब.स.स, जालपा व.स.स, हेड्स ब.स.स., बगुवा कृषि उत्पादन स.स, कफी उत्पादन स.स.हरूहाल सामुदायिक सेवामा सक्रिय भइरहेका छन् । ती संस्थामार्फत हेड्स मदन फलफूल नर्सरी, तरकारी उत्पादन कृषक समूह, फलफूल उत्पादन कृषक समूह, पशु उत्पादन कृषक समूह, मत्य उत्पादन कृषक समूह, इटा उत्पादन इकाइहरू स्थापना गरी सञ्चालनमा रहिआएका छन् ।
६. तपाईंको राजनीतिमा पनि चासो थियो भन्ने कुरा गर्नु भयो, थोरै प्रकाश पार्नुहोस् न ।
तितो अनूभूति भयो । अहिले समाजसेवामा मात्र छु । मेरा लागि सबै समान छन् । मेरो भगवान भनेको मेरो सम्पत्ति भनेकै अभाव, आकस्मिकता र आवश्यकतामा अल्झिएका, बल्झिएका र पिल्सिएका आदरणीय जनसमुदायहरू नै हुन् । मेरो सेवा गर्ने सहयोगी हातलाई काग्रेस कम्नीस्ट एमाले, माओवादी, राप्रप्रा, मधेसवादी, पहाडीवादी, हिमालवादी सबैमा कुनै पक्षपात नगरी, पूर्वाग्रह नराखी सबैतिर फैलाउन सत्प्रयन्न गरिरहेको छु ।
पहिले एउटा पार्टीको गोरखा विद्यार्थी सङ्गठनको अध्यक्ष हुँदैएसिया प्रमूख, युरोप मुख्य प्रतिनिधि, बुद्धिजीवि सङ्गठनको इञ्चार्ज र अध्यक्षको रूपमालामो समय काम गरेँ । तर रमाइलो लागेन । बस, राजनीतिमा यो भन्दा धेरै नबोलौँ । राजनीति भनेको मानव समुदायका लागि सेवा गर्नु हो भन्ने मैले बुझेको छु । जनताको सेवा गर्दा नै धेरै आनन्द आउँदो रहेछ ।त्यसैले मेरो राजनीति भनेको जनसमुदायको अभाव, आकस्मिकता र आवश्यकतामा असल मित्र बन्नु र बन्न खोज्नु नै हो ।
७. हेड्स नेपालको सार चुरो बताइदिनोस न ?
हेड्स नेपालले विश्वका स्थापित सामाजिक सङ्घसंस्थाहरूसंग सहकार्य गर्दै नेपालमा जन्मेको एउटा सामाजिक संस्थाले पनि विश्वव्यापीस्तरमा सेवा दिने संस्थाको रूपमाआफूलाई संसारमा परिचित गराउने अभिष्ट पालेको छ । सधैँ अरmको मुख ताक्न नपरोस, बरmअरू देशको आकस्मिकता, अभाव र आवश्यकतामा पनि हेड्स नेपाल एउटा असल मित्र बन्न सक्नुपर्दछ भन्ने हाम्रो धृष्टता हो । रजत महोत्सव वर्षकोे पावन अवसरमा हामीले आफ्नो ठोस, सारभूत र वस्तुगत परिलक्ष्य, परिदृश्य र गन्तव्यलाई संश्लेषण गर्ने समय आएको छ । यसका लागि तल उल्लिखित भावहरूलाई एउटै वाक्यमा केन्द्रीकृत गर्नु जरmरी ठान्दछुः
१.अभाव, आकास्मिकता र आवश्यकताको एउटा असल मित्र बन्ने सत्प्रयाश हेड्स नेपालले गर्दछ ।
२. विश्वभरिका सरकार वा पहुचवालाहरूको बीचमा हेड्स नेपालले जनसमुदायलाई दबाब शक्तिको रूपमाप्रस्तुत गर्दै सामान्य मानव समुदायलाई प्रतिस्पर्धामा जान सक्ने वातावरण सृजना गर्नुपर्दछ ।
३. नेपाल जस्तो सानो भूपरिवेष्ठित तेश्रो विश्वको देशले पनि समाजसेवाको दुनियाँमा आफ्नो भिन्न पहिचान कायम गरी अन्तर्राष्ट्रिय क्षेत्रमा भइपरिआउँदा उद्धार र राहत दिन सक्दछ भन्ने उदाहरण पेश गर्नुपर्दछ ।
४. सबै प्रकारका दक्षता भएका कर्मठ विद्वान्, किसान र मजदुर तथा व्यवसायहीरुले आफ्नो प्रतिभा प्रवाह गर्ने एउटा साझा चौतारी हेड्स नेपाल बन्नुपर्दछ । फलस्वरूप, एउटा व्यक्ति वा समुदायले सफलतापूर्वक सम्पन्न गरेको नमुना कार्यलाई सबै जनमानसमा पु¥याउन हेड्स नेपालले दूतको काम गर्न सक्नुपर्दछ ।
५. अन्ततः समाजलाई आवश्यकताको अवस्थाबाट स्वतन्त्रता र समृद्धिको अवस्थामा रूपान्तरण गर्न हेड्स नेपालले एउटा अभियन्ताको रूपमाभूमिका निर्वाह गर्नुपर्दछ ।
८. आफ्नो अवधारणामा साथीहरूसंग मिली स्थापना गरेको एउटा सामाजिक संस्थाले २५ वर्ष पार गरी रजत महोत्सव मनाउँदै गरेको अपूर्व अवसरमा कस्तो अनुभूति भइरहेको छ ?
नेपालमा हजारौँ गैह्सरकारी सङ्घसंस्थाहरू दर्ता भएका छन् । संस्थाहरू प्रत्येक दिन जन्मने र मर्ने प्रक्रिया जारी छ । यस्ता गैरसरकारी सामाजिक सङ्घसंस्थाहरूको अवसान तल उल्लिखित कारणहरूले हुने गरेको पाएको छु ।
१. नेतृत्वको पलायन, नेतृत्वको देहवसान वा नेतृत्वको निष्क्रियता भएर अनुयायीको निमार्ण नहुनाले संस्थाको अवसान भएको छ ।
२. विभिन्न देशका दाताहरूबाट दानदातव्य प्राप्त हुन छाडेपछि पनि सामाजिक संस्थाहरूको अवसान भएको छ ।
३. ठूलाठूला दाताहरूबाट प्राप्त रकमहरू गैरकानुनी रूपमाथुप्रँदै जाने र सञ्चालकहरूको बीचमा भागबन्डा नमिल्दा पनि सामाजिक संस्थाको अवसान भएको छ ।
४. लक्ष्य र उद्देश्य एकातिर, काम तथा कारबाही अर्काेतिर हुनाले समुदायको नजरमा गिरेर पनि सामाजिक सङ्घसंस्थाहरू अवसान भएका छन् ।
माथि उल्लिखित चारै कारणहरूलाई हेड्स नेपालले पछाडि पारेको छ । हेड्स नेपाल समूहहरूमा मात्र होइन व्यक्ति व्यक्तिको दुःख, आपत् र समस्यामा सहकार्य गर्दछ, सहयोगी बन्दछ । अब हेड्स नेपाल देश दुनियाँमा आफ्नो सेवाको प्यारो र सुन्दर कोसेली बोकेर सयर गर्न सक्षम हुँदै जानेछ ।
म भन्छुः म नरहे पछि पनि हेड्स रहिरहोस्, म मरेपछि पनि हेड्स युगौँयुग बाँचिरहोस् । म मरेको दिन हेड्स नेपाल नओइलाउने मखमली फूल झँै ढकमक्क फुलेको देखेर चितामा जल्न पाइयोस् । बस, मेरो कमाइ त्यही नै अन्तिम हुनेछ ।
९. अन्तमा हेड्स नेपाललाई सबल र सफल बनाउन हेड्सकर्मीहरूलाई के भन्नु हुन्छ ?
हेड्स नेपालका आदरणीय सदस्यज्यूहरूमा मेरो हार्दिक सम्मान छ जसका कारण हेड्स नेपाल आज हजारौँलाई सेवा दिन प्रतिबद्ध हुँदै अघि बढिरहेको छ । श्रद्धेय हेड्सकर्मीज्यूहरू! हेड्स नेपालको तर्फबाट म एउटा गम्भीर र सम्वेदनशील अपेक्षा र अपिल गर्दछुःहामी बिहान बेलुकाको एकगास कम खाऊँ, हप्तामा एक छाक नखाऔँ जसले गर्दा हाम्रो स्वास्थ्यपनि असल बन्छ, त्यसबाट बचत रकम ५% हुन आउँछ । त्यो बचतलाई हेड्स नेपालमार्फत मानव समुदायको अभाव, आकास्मिकता र आवश्यकतामा महादान गरौँ । भनिन्छःदानीलाई कहिल्यै हानि हुँदैन । ऋग्वेदका अनुसार दाताहरूसीधा स्वर्गमा बास गर्छन् र स्वर्गैमा पनि दान गरेर आन्नदले रहन्छन् ।त्यसैले, सन्तानका लागि सम्पत्ति नथुपार्नाेस् । ठोस आवश्यकता भन्दा अतिरिक्त सम्पत्तिलाई दान दातव्यमा उपयोग गर्नुहोस् । सन्तानका लागि त असल संस्कार र संस्कृति दिए पुग्छ, पैसा खर्च गर्नु पनि पर्दैन । संस्कारवालाका छोराछोरीहरू असल मार्गमा हिँडेका छ्न । तपाईं पनि आफ्नो जीवनका लागि मात्र कमाउनोस् । सन्तानलाई पढाइदिनुस्, हुर्काइदिनुस्, बाटो देखाइदिनुस् । बस, त्यति भए मनग्य हुन्छ । “वनको काँढालाई कसैले तिखारिरहनुपर्दैन, आफैँ तिखारिँदै आउँछ” । विदेशमा बस्नेहरूले आफ्नो बचत रकमको २५–५०% सम्म सरकारलाई कर तिर्नुहुन्छभने सोच्नोस् । तपाईंले दान गर्नुभयो भने कम कर तिरे हुन्छ । त्यो रकम स्वदेशमा समाज सेवामा लगाउँदा तपाईं हाम्रै गाउँघर र समाजको भलो हुन्छ ।
अन्तमा, उपचार गर्न नसकेर छटपटाइरहेका रोगी बिरामीहरू देख्दा, पढ्न नपाएर आफ्ना सपनाहरू पुरिँदै गरेका विद्यार्थीहरूलाई नियाल्दा, दिनभरि खेतबारीमा काम गरेर चाडपर्वमा ऋण काढेर जीविकोपार्जन गर्न बाध्य भएका किसान दाजु भाइमा नजर पर्दा र प्रकृतिको प्रकोप वा प्राविधिक तथा मानवीय कमजोरीका कारण हुने दुर्घटनाहरूबाट प्रताडित र प्रभावित मानिसहरूको दर्दनाक पीडालाई नियाल्दा तपाईं हाम्रोे मुटु दुख्नुपर्छ, मन पग्लनुपर्दछ र मस्तिष्क सम्वेदनशील बन्नुपर्दछ । त्यसो हो भने मात्र हामी दिनदुःखीको असल मित्र बन्न सक्दछौँ । हेड्स नेपालको पनि सच्चा इमान्दार स्वयंसेवक ठहरिन्छौँ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij